+
+
Shares

काभ्रेमा सुरु भयो युवा व्यवस्थापिका संसद

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १२:१३

youth-mock-_img

२३ माघ, काभ्रे । काभ्रेको धुलिखेलमा युवा व्यवस्थापिका संसद सुरु भएको छ । सीमान्तकृत युवाहरुको अर्थपुर्ण सहभागिता, समावेशी लोकतन्त्रको सफलता भन्ने नारा सहित आयोजित युवा व्यवस्थापिका संसदमा १६ जिल्लाका ८० जना सीमान्तकृत समुदायका युवायुवतीहरुको सहभागीता रहेको छ ।

तीन दिनसम्म चल्ने संसदमा उनीहरुले समावेशी लोकतन्त्रको उत्कृष्ठ अभ्यास गरिरहेका छन् ।
उनीहरुले निर्वाचन प्रक्रियाद्धारा सभामुख, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेतादेखि सचेतकसम्ममा समावेशी अनुहारहरुलाई छानेका हुन् ।

सभामुखमा जनजातिकी छोरी पुजना राईलाई चयन गरे भने प्रधानमन्त्रीमा पनि जनजातिकै छोरा डेन्डिजन लामालाई निर्वाचित गरे । उपसभामुखका रुपमा पनि उनीहरुले दलितका छोरा गणेश बिकलाई जिम्मेवारी सुम्पिए । मधेसी समुदायले राज्यका निकायहरुमा उत्पीडन भोगिरहेको गुनासो आईरहेको अवस्थामा युवा संसदहरुले मुकेश शाहलाई प्रतिपक्षी दलको नेताका रुपमा चयन गरेका छन् ।

युवा व्यवस्थापिका संसदमा सत्ता पक्षको प्रमुख सचेतकको भुमिकामा विश्वराज अधिकारी चुनिएका छन् । अधिकारी ब्राहृमणका सन्तान मात्रै नभएर यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको समेत प्रतिनिधित्व गर्छन् ।
दलितकी छोरी पुष्पा सुनार प्रतिपक्षी दलको प्रमुख सचेतक बनेकी छिन् ।

युवा व्यवस्थापिका संसदमा मन्त्रीहरुको चयनमा समेत समावेशी अनुहार परेका छन् । गृह मन्त्रीका रुपमा उज्वल जिमा श्रेष्ठ निर्वाचित भए भने श्रम तथा रोजगार मन्त्रालय हाक्ने जिम्मेवारीमा मुस्लिम समुदायबाट आरिफ सल्मानी छानिए ।
उनीहरुले लोकतन्त्रलाई समावेशी र दिगो बनाउन युवाहरुलाई राजनीतिक चेतना बाँढ्नु पर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?