Comments Add Comment

दिल्लीको निर्वाचनमा मोदीको परीक्षा

२४, काठमाडौं । भारतको राजधानी दिल्लीमा शनिबार बिहानैदेखि विधानसभाका लागि मतदान सुरु भएको छ । यो चुनावलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको पहिलो परीक्षणका रुपमा समेत हेरिएको छ ।

फाइल फोटो
फाइल फोटो

मोदीको पार्टी भारतीय जनता पार्टीले सामाजिक अभियन्ता किरण बेदीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ ।

रोचक के छ भने मोदीबाट मुख्यमन्त्रीका रुपमा अघि सारिएकी किरण बेदी र उनका प्रतिस्पर्धी अरविन्द केजरीवाल अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानका सहयात्री हुन् ।

दिल्लीको चुनावको अर्को रोचक पक्ष के छ भने मोदीको सफलताको चुनौती बनेका केजरीवाल उनै व्यक्ति हुन्, जसले लोकसभा चुनावमा बाराणसीमा नरेन्द्र मोदीसँगै चुनाव लडेका थिए । र, त्यहाँ धाँधली भएको आरोपमा भारतीय निर्वाचन आयोगले छानविन गरिरहेको छ ।

अघिल्लो वर्ष दिल्लीमा कसैले पनि बहुमत नल्याएपछि आज सुरु भएको  पुनः निर्वाचनमा वेदीका पूर्वसहकर्मी एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल उनका मुख्य प्रतिस्पर्धी हुन् ।

निर्वाचन पूर्वका भारतीय सर्वेक्षणहरुले वेदीभन्दा केजरीवाललाई अगाडि देखाएका छन् । तर, अघिल्लो वर्ष मुख्यमन्त्री हुँदा प्रशासन चलाउन नसकेको आरोप पनि केजरीवालमाथि लाग्दै आएकाले यो चुनाव मोदीको लोप्रियतामात्रै नभएर केजरीवालका लागि पनि गतिलो परीक्षा सावित हुने विश्लेषण गरिएको छ ।

गत वर्षमात्रै भएकाे आम निर्वाचनमा जितेर भारतीय जनता पार्टीले बहुमतको सरकार बनाएपछि आज दिल्लीमा विधानसभाको चुनाव हुँदैछ । भाजपाको जितको मुख्य आधार मोदीलाई नै मानिएको थियो ।

kejariwal_bedi
केजरीवाल र बेदी

तर, सरकारमा गएपछि अपेक्षा अनुसार काम नगरेको भन्दै मोदीप्रतिको आकर्षण घटेको केही विश्लेषकहरुको दाबी छ । त्यसैले दिल्ली विधान सभाको चुनावलाई मोदीको पहिलो परीक्षण भनिएको हो ।

विधानसभाको ७० सिटका लागि भइरहेको मतदानमा एक करोड ३३ लाख १४ हजार २ सय १५ मतदाता छन् ।

कुल सीटमध्ये ५८ सीट सामान्य श्रेणीमा छन् भने १२ अनुसूचित जातिका लागि आरक्षित छन् । चुनावमा ६ सय ७३ उम्मेदवार मैदानमा उत्रिएका छन् । सबैभन्दा बढी १८ उम्मेदवार बुराडी सिटका लागि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आम आदमीका नेता अरविन्द केजरीवाल नयाँ दिल्ली विधानसभा सीटबाट चुनावी मैदानमा छन् । गत निर्वाचनमा उनले तत्कालीन मुख्यमन्त्री शीला दीक्षितलाई हराएका थिए ।

केजरीवालको नेतृत्वमा आपले २८ सिट जितेर दिल्लीको दाेस्राे ठूलो पार्टी बनेको थियो । ३२ सिट जितेर ठूलाे पार्टी बनेकाे वीजेपीले छाडिदिएछि केजरीवाल दिल्लीकाे मुख्यमन्त्री बनेका थिए तर, उनी ६ महिना पनि मुख्यमन्त्री रहनेनन् ।

भाजपाकी मुख्यमन्त्रीका उम्मेदवार किरण बेदी आफ्नो पहिलो चुनावमा कृष्ण नगरबाट उम्मेदवार बनेकी छिन् । यसलाई केन्द्रीयमन्त्री हर्षवर्धनको गढ मानिन्छ ।

यो निर्वाचनमा कांग्रेसलाई भने मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छैन । अघिल्लो चुनावमा कांगेस ८ सीटमा सीमित भएको थियो । यसपटक कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अजय माकनलाई अघि सारेको छ । माकन सदर बजार इलाकाबाट चुनाव लड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment