Comments Add Comment

टाटा मोटरले यसै बर्ष ल्याउँदैछ हावाबाट कुद्ने कार

tata-air-car-main_650x421_41423048090

भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटरले हावाबाट चल्ने कार यसै बर्षसम्म सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

टाटाले सन् २००७ मा हावाबाट कुद्ने कारको परियोजनाको सुरुवात गरेको थियो । जसका लागि युरोपेली कम्पनी मोटर डेभलपमेन्ट इन्टरनेशनलसँग सम्झौतासमेत गरेको थियो ।

लामो समयसम्म यसबारे कुनै चर्चा नभएपछि यो परियोजना नै स्थगित भएको अनुमान गरिएको थियो । तर, भारतीय अनलाइन बिजनेस स्टाण्डर्डले सन् २०१५ भित्रै यस्तो जादुमयी मोटर सार्वजनिक हुन लागेको खवर छापेको छ ।

एयरपोड नाम दिइएको यो मोटर सानो आकारको हुनेछ जसलाई हावाबाटै चलाउन सकिने छ । बयस्कका लागि तीन सिट र एउटा बच्चाको सिट भएको यो कार ८० देखि २ सय किलोमिटर प्रतिघण्टासम्म कुदाउन सकिने छ । इन्धनका रुपमा कारमा टायरमा हावा हालेजस्तै गरी हावा भर्नुपर्ने छ । सन् २०१५ को दोस्रो त्रैमाससम्म अमेरिकामा यो कार सार्वजनिक गर्ने तयारी भइरहेको समाचारमा जनाइएको छ ।

युरोपेली कम्पनीले टाटाको सोंचअनुसार हावाबाट चल्ने इन्जिनको सफल परिक्षण भइसकेको सन् २०१२ मै बताइसकेको छ ।
कम्पनीले यो कारभित्र डिजिटल इकोसिस्टम र ट्राफिक सिस्टमसँग तालमेल गर्ने सिस्टम पनि बिकाश गर्ने बताएको छ ।

कम्पनीको आन्तरिक म्यागेजिनलाई दिएको अन्र्तवार्तामा टाटा मोटरका अध्यक्ष टिमोथी लेभरटनले भनेका छन- ‘हामी दीर्घकालिनरुपमा कस्तो कार उत्पादन गर्न चाहान्छौैं भन्ने देखाउन पनि अब यस्ता नविन सोंचसहितको उत्पादनमा हाम्रो लगानी केन्द्रीत हुने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment