+
+
Shares

पानासोनिकका नयाँ फोन बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २७ गते १८:२६

२७ माघ, काठमाडौं । नेपालका लागि पानासोनिक मोबाइल फोनहरुको आधिकारिक वितरक तथा बजार व्यवस्थापक एलाईड ट्रेड लिंक इन्टरनेशनलले ३ नयाँ फोनहरु नेपाली बजारमा ल्याएको छ ।

ALLIED TRADE LINKपानासोनिकका P41, T9 र T40  स्मार्ट फोनहरु नेपालमा बिक्री वितरण सुरु गरिएको छ । नेपालभरि नै यी फोन बिक्री वितरण सुरु गरिएको एलाईड ट्रेड लिंक इन्टरनेशनलले जनाएको छ ।

कुन फोनमा कस्तो विशेषता ?

Panasonic P41

यो एन्ड्रोइड फोनमा ४.४.२ किटक्याट भर्सन छ । १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर भएको यो फोनको स्क्रिन ५ इन्च छ । इन्टरनल मेमोरी ८ जीबी, रोम तथा १ जिबि र्‍याम, ८ मेगापिक्सलको क्यामरा यो फोनको विशेषता हो । यसको बजार मूल्य १७ हजार १५९ रुपैयाँ छ ।

Panasonic T9

३.५ इन्च स्क्रिन, १.३ गिगाहर्ज डुअल कोर प्रोसेसर, इन्टरनल मेमोरी ४ जिबि रोम तथा ५१२ एमबी र्‍याम र २ मेगापिक्सलको क्यामरा छ यो फोनमा । यसलाई ६ हजार ६७९ रुपैयाँ पर्छ ।

Panasonic T40

४ इन्च स्क्रिन १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर युक्त यो फोनमा इन्टरनल मेमोरी ८ जीबी रोम र१ जीबी र्‍याम छ । ५ मेगापिक्सलको क्यामरा भएको यो फोनको बजार मूल्य १० हजार ४८९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?