काठमाडौं । ‘मिस टिनएजर्स इन्टरनेशनल-२०१५’ को ताज एञ्जल गुरुङले चुमेकी छन् । ३४ प्रतिस्पर्धीलाई पछि पार्दै एञ्जलले ताज आफ्नो पोल्टामा पारेकी हुन् ।
एञ्जलले भ्युअर्स च्वाइस अवार्ड पनि जितिन् । उनले ताजसँगै उच्च-शिक्षाका लागि पूर्ण छात्रबृत्ति तथा विभिन्न उपहार पनि पाएकी छिन् ।
युहान इन्टरनेशनल इभेन्टद्वारा आयोजित प्रतियोगितामा रक्षा पन्त र सिम्रन खड्काले क्रमशः फस्ट र सेकेन्ड रनरअपको उपाधि पाए । कार्यक्रममा थर्ड र फोर्थ रनरअपलाई पनि ताज दिईएको थियो । प्रभा थापा र सरु बराइली क्रमशः थर्ड र फोर्थ रनरअपको ताज पाउन सफल भए ।
कार्यक्रममा श्रेयस्मा अधिकारी बेस्ट पपुलर, ब्युटि विथ प्रपोज रोजिना मगर, मिस ट्यालेन्ट छिरिङ डोमा शेर्पा, मिस क्याटवाक सरु बराइली भएका थिए ।
त्यस्तै फोटो जेनिक शुष्मा श्रेष्ठ, बेस्ट हेयर र मिस ब्युटि आईज् सुजाता सिलवाल, बेस्ट स्किन अनिता सुबेदी र मिस डिसिप्लिनको अवार्ड पि्रयशा श्रेष्ठाले पाइन् ।
त्यस्तै, मिस पङचुअल रेनु साउद, बेस्ट आर्टवर्क अमृता केसी बेस्ट स्पिच सोनाली शाही, बेस्ट प|mेन्डली साँक्षी गुरुङ र मिस फेसन आइकनको अवार्ड अलिशा पौडेलले पाए ।
पहिलोपटक आयोजित कार्यक्रममा मुलुकको विभिन्न स्थानका १६ देखि २० वर्ष उमेरका ३५ युवतीले प्रतिस्पर्धा गरेका थिए । टिनएर्जस युवतीलाई उच्च शिक्षामा सहयोगका लागि प्रतियोगिताको सुरुवात गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले बताए ।
प्रतिक्रिया 4