+
+
Shares

सहिद गेटबाट त्रिभुवनको शालिक नहटाउन सर्बोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते १८:०७

६ फागुन, काठमाडौं । सर्बोच्च अदालतले काठमाडौंको सहिद गेटबाट तत्कालीन राजा त्रिभुवनको शालिक हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।

DCIM100GOPROG0213583.सर्बोच्चका न्यायाधीश सुशीला कार्की र देवेन्द्र गोपाल श्रेष्ठको इजलाशले साँस्कृतिक सम्पदा भत्काउन नमिल्ने भन्दै शालिक नहटाउन आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवनको शालिक हटाउने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अधिवक्ता कमलेश द्विवेदीले सर्बोच्चमा रिट दायर गरेका थिए ।

राणाहरुको दवावमा तत्कालीन राजा महेन्द्रले  मृत्युदण्ड दिने पत्रमा सहीछाप गरेका थिए । त्यसपछि शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द ठाकुरलार्इ राणा शासकले मृत्युदण्ड दिएको इतिहासमा पढ्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?