Comments Add Comment

नेताका नाममा २० वर्षदेखि हजारका बेरुजु

८ फागुन, काठमाडौं । पटकपटक प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका व्यक्तिहरुले अशक्त र असहाय नागरिकलाई वितरण गर्न भनेर राज्य कोषबाट रकम लगेको वर्षौ वितेपनि त्यसको हिसाब राज्यलाई बुझाएका छैनन् । आर्थिक वर्ष २०५२/५३ मा तत्कालीन सांसदले लगेको रकम लामो समय बिते पनि विवरण भने नबुझाएको राजधानीमा खबर छ ।

अशक्त र असहाय व्यक्तिलाई प्रतिदिन सय रुपैयाँको दरले बाँड्न भन्दै राज्य कोषबाट रकम लगेर त्यसको विवरण नबुझाउनेहरुमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र सूर्यबहादुर थापा रहेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, महामन्त्रि सर्वेन्द्रानाथ शुक्ला लगायतका नेताले पनि यस्तो रकम लगेर हिसाव बुझाएका छैनन् ।

देउवाका नाममा ३६ हजार बेरुजु रहेको छ भने सूर्यबहादुर थापाको नाममा २४ हजार रुपैयाँ छ । त्यस्तै नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको नाममा नौ हजार छ सय रुपैयाँ, कमल थापाका नाममा २४ हजार, हृदयेश त्रिपाठीका नाममा नौ हजार ६ सय रुपैयाँ, शरतसिंह भण्डारीका नाममा २४ हजार, भानुभक्त जैसीका नाममा नौ हजार ६ सय तथा महेन्द्र राय यादवका नाममा नौं हजार ६ सय रुपैयाँ बेरुजु रकम देखिएको छ ।

असहाय र असक्त व्यक्तिलाई प्रतिव्यक्ति सय रुपैयाँका दरले भत्ता वितरण गर्न सरकारले ल्याएको कार्यक्रमबाट त्यतिबेलाका ३१ सांसदले पेश्कि रकम लिएका थिए । तर, उक्त रकम अहिलेसम्म फस्यौट गरिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment