+
+
Shares

केकीले भनिन्-‘नेतालाई गाली गरेर समस्या सुल्भिmदैन’

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ८ गते १३:१६

keki-adhikari
चिया गफ टोलीले काठमाण्डौको मण्डला थिएटरमा ‘प्रजातन्त्रका लागि संघर्ष, परावर्तन र प्रभाव’ बिषयमाथि अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा बोल्दै नायिका केकी अधिकारीले राजनीतिक अस्थिरताले गर्दा युवापुस्तामा निराशा बढेको बताइन् ।

उनले भनिन्-‘युवाहरुले आफ्नो अधिकारको प्रयोग गर्न पाइरहेका छैनन् । सरकारलाई गाली गरेर मात्र समस्या सुल्भिmदैन । हामीले छनोट गर्ने नेताहरु समेत समाजप्रती वफादार बन्न जरुरी छ ।’

उनले प्रजातन्त्रपछि लोकतन्त्र र गणतन्त्र आएपनि जनतामा आशावादी हुने वातावरण समेत श्रृजना नभएको बताइन् । उनले चलचित्र मार्फत आफूहरुले जनतालाई प्रजातन्त्र र स्वतन्त्रताका बिषयमा जागरुक बनाइरहेको दाबी गरिन् । अधिकार मागेर नपाउँदा लड्नुपर्ने भनाई केकीको थियो ।

कार्यक्रममा मानवअधिकारकर्मी कपिल श्रेष्ठ , रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?