नायक शिव श्रेष्ठ भ्रष्टचारी मन्त्री बनेका छन् । चिरायु फिल्मस्को ब्यानरमा दिपेन्द्र कोइराला र शर्मिला गुरुङले निर्माण गरेको चलचित्र ‘एक्सन’मा शिव भ्रष्टाचारी मन्त्रीको रुपमा देखिदैछन् ।
यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । यो चलचित्रमा राजु अर्यालको लेखन तथा निर्देशन छ । चलचित्रमा शिवका साथमा दिपेन्द्र कोइराला, प्रमोद दिप, जेनिशा केसी, रक्षा गुरागाँइ, राज थपलिया, कसम गुरुङ, दिनेश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् ।
देशको बिग्रदो राजनीतिक अवस्थालाई पर्दामा देखाउन खोजेको यो चलचित्रमा राजु अर्यालको गीत, प्रल्हाद बोगटीको संगीत, गोविन्द प्रभातको नृत्य, कुमार महर्जनको एक्सन, रविन्द्र बरालको छायांकन छ । चलचित्रको ९० प्रतिशत छायांकन सकिएको छ ।