
काठमाडौं । अहिलेसम्म त्यस्तो कुनै नेपाली फिल्म बनेको छैन, जसलाई धेरै देशका दर्शकले मन पराउन । नेपालका बिषयमा विदेशी निर्देशकले बनाएका एकाध फिल्म छाड्ने हो भने बिश्वबजारमा नेपाली सिनेमाको उपस्थीति नै हुन सकेको छैन् ।
यसको अर्थ हाम्रा कलाकार काम्रै लाग्दैनन् भन्ने चाँही होईन । अन्य सुविधा सम्पन्न मुलुकमा हुर्केका कलाकारले गर्न नसेकका काम हाम्राले गरेका छन् । कम उमेरमा फिल्म निर्देशन गर्नेदेखि सगरमाथको चुचुरोमा पुग्नेसम्मका रेकर्ड नेपाली कलाकारले राखिसकेका छन् ।
सौगात कान्छा निर्देशकः आठ वर्षे वालक सौगात विष्टले ‘लभ यु बाबा’ फिचर फिल्मको निर्देशन गरे पनि नेपाली दर्शकको मन जित्न सकेनन् । हलसम्म आएका दर्शक सन्तुष्ट नभएपनि गीनिज बुक रेकर्डका अधिकारीलाई भने सन्तुष्ट बनाउन सफल भए उनी ।
विश्वकै कान्छा निर्देशकको रुपमा चिनिएका सौगात आगामी दिनमा फिल्म क्षेत्रमै रहलान नरहलान भन्न सकिन्न । तर, नेपालको कान्छो निर्देशक भनेर उनै सौगात चिनिने छन् किनकी उनको उपाधि खोस्नलाई त्यति सजिलो छैन ।
विश्वका अन्य मुलुकका नागरिकले रेकर्ड ब्रेक गरिहाले पनि नेपालमै भने उनको रेकर्ड भत्काउन गार्है हुन्छ ।

निशा र अर्जुनको सगरमाथा यात्राः हरेक बर्ष सयौं देशी बिदेशीले सगरमाथा आरोहण गर्छन् । विश्वकै अग्लो चुचुरोमा विदेशी कलाकर्मीको आँखा पुगे पनि नेपाली कलाकर्मीका लागि त्यति सहज छैन । कारण, पहिले सगरमाथा चढ्नु ज्यानकै बाजी लगाउनु सरह हो भने सरकारलाई निकै चर्को शुल्क तिर्नुपर्छ ।
रील लाईफको चमकधमकमा रमाईरहेका कलाकर्मीले कहरपूर्ण यात्राका लागि त्यति धेरै चासो राख्दैनन् पनि । तर, नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीले त्यो कष्टकरण यात्रा रोजेनन् मात्रै, विश्वकै अग्लो चुचुरो सगरमाथाको सफल आरोहण गरेर फर्किए ।
उनीहरु सगरमाथाको सफल यात्रा गर्ने पहिलो नेपाली कलाकार हुन् । अभिनय कर्ममा यी कलाकार जहिल्यै औसतमा गनिए । तर, रेकर्ड कायम गर्ने सवालमा भने अब्बल ।
नीखीलको रेकर्ड अझै छः नेपालमा चलचित्रको प्रविधिमा भएको विकास र डिजिटल प्रविधिको जति नै तारिफ गरिएपनि अभिनेता निखील उप्रेतीको रेकर्ड तोड्नसक्ने हिम्मतवाल स्टन्टम्यान अहिलेसम्म देखिएको छैन ।
उनी यस्ता ब्यक्ति हुन् जो अभिनयसँगै स्टन्ट पनि गर्छन् । अभिनय र स्टन्ट दुबै गर्न सक्ने कलाकार विश्वमै थोरै हुन्छन् ।
पहिलो चलचित्र ‘पिंजडा’ मा काम गर्दा तीनकुनेस्थित एक घरको ७ तला माथिवाट हाम फालेका निखिलले अर्को फिल्म ‘मायाको वार’ मा मुग्लीनको पूलमा रहेको तारमा टेकेर हिंडेका थिए ।
राजेन्द्र खड्गीको ज्यानमा आगोः द्वन्द्व निर्देशक राजेन्द्र खड्कीले पनि नेपाली फिल्ममा द्धन्द्धका दृष्य सुटिङ गर्दा केही अनौठा प्रयास गरेका छन् । चलचित्र ‘बारुद’मा पुरै ज्यानभरी आगो लगाएर आफैले फाईट खेलेका थिए ।
चलचित्रमा उक्त दृष्य प्रभावकारी देखिएपछि खड्गीले पनि वल्ड रेकर्डका लागि प्रयास गरेका थिए । तर, समयभन्दा ढिला प्रकृया थालेकाले उनको प्रयास सफल भएन् । आफ्नै ८ वर्षको नातीलाई नायक लिएर ‘नोथिङ इम्पोशिबल’ नाम राखेर फिल्म समेत बनाएका थिए उनले ।