Comments Add Comment

सिमराको प्रहरी बीटमा आगजनी, झडपमा दर्जनौं घाइते

१० फागुन, बारा । प्रहरी र स्थानीयबासीवीच झडपका कारण आइतबार बिहानैदेखि बाराको सिमरा बजार तनावग्रस्त बनेको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी  कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्ध हस्तक्षेप गरेपछि शान्ति बिथोलिएको हो ।

प्रहरीलाई हान्न ढुंगा बटुल्दै प्रदर्शनकारी ।
प्रहरीलाई हान्न ढुंगा बटुल्दै प्रदर्शनकारी ।

स्थानीयले आइतबार बिहानै निकालेको शान्तिपूर्ण विरोध र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आम हड्तालमा उत्रिएका स्थानीय र प्रहरीवीच आइतबार बिहानैबाट सिमरामा झडप भइरहेको छ । प्रहरीले बिहानै आन्दोलनकारीलाई तितर-वितर पार्न दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीको कुटाइबाट दर्जनौं आन्दोलनकारी घाइते भएको एमाले बाराका प्रचार विभाग प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।  प्रहरीतर्फ पनि केही घाइते भएका छन् ।

आक्रोशित आन्दोलनकारीले सिमरा बजारमा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । एउटा मोटरसाइकल पनि आन्दोलनकारीले तोडफोड गरेका छन् ।

bara-bibad-2

आमड्तालका कारण आइतबार पनि बिहानैबाट सिमरा क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन् । बजार र शिक्षण संस्थासमेत बन्द छन् ।

सिमरा बजार अहिले आन्दोलनकारीको कब्जामा छ । हजारौंको संख्यामा जम्मा भएका स्थानीयको प्रतिकारपछि प्रहरीले लुकेर अश्रुग्याँस प्रहार गरिरहेका छन् ।

भुमिसुधार, मालपोत र नापीलगायतका सरकारी कार्यालयको एकीकृत सेवा केन्द्र सिमरामा खोल्ने सरकारी निर्णय स्थगन गरेको विरोधमा शुक्रबारदेखि स्थानीयबासी आन्दोलित छन् । आन्दोलनकारीले आम हड्ताल आहृवान गरेपछि तीन दिनदेखि यस क्षेत्रको जनजीवन प्रभावित हुँदै आएको छ ।

आगजनी गरी लडाईएको प्रहरी विट ।
आगजनी गरी लडाईएको प्रहरी विट ।
सिमराको सहकारी बैंक नजिक नारा लगाई रहेका प्रदर्शनकारीलाई हटाउन खोज्दै प्रहरी ।
सिमराको सहकारी बैंक नजिक नारा लगाई रहेका प्रदर्शनकारीलाई हटाउन खोज्दै प्रहरी ।

सुनील गाउँलेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment