+
+

सस्ता स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते ११:०४

smart-phone

आजकल स्मार्टफोन कुनै ‘स्टाटस आइकन’ रहेन् । कारण, स्मार्टफोनको मूल्य यसरी ओरालो लागिरहेको छ कि, पाँच हजार रुपैयाँमै राम्रो स्मार्टफोन नेपाली बजारमा किन्न सकिन्छ ।

खासगरी चिनियाँ र भारतीय एन्ड्रोइड फोन सस्तो मूल्यमा नेपाली बजारमा आइरहेका छन् । औसत १० हजार रुपैयाँमा तपाईले उत्कृष्ट स्मार्टफोन बोक्न सक्नुहुन्छ ।

तर, पाँचदेखि १० हजार रुपैयाँ पनि सानो पैसा हैन । त्यसैले यो सेगमेन्टका स्मार्टफोन किन्दा आफ्नो पैसाको पुरापुर उपयोग भएको निश्चित गर्नु जरुरी छ ।
सस्ता स्मार्टफोन किन्दा केही बिषयमा ध्यान पुर्‍याउनुभयो भने तपाई पछुताउनु पर्दैन् । तीमध्ये पाँचवटा मुख्य बिषय यहाँ उल्लेख गरिएको छ ।

१. महंगा स्मार्टफोनसँग तुलना नगर्नुहोस्

बजारमा ३० देखि ४० हजार रुपैयाँसम्म पर्ने स्मार्टफोनका फिचरसँग तपाईले ५ देखि १० हजार मूल्यका स्मार्टफोन तुलना गर्नु हुँदैन् । तपाईले तिरेको मूल्यअनुसार नै तपाईले फिचरहरु पाउनुहुनेछ । त्यसैले महंगा स्मार्टफोनसँग सस्ता स्मार्टफोनको फिचर तुलना गरियो भने तपाई असन्तुष्ट बन्नुहुने छ ।

यी फोनलाई किन बजेट स्मार्टफोन भनियो भने केही महत्वपूर्ण फिचरमा तपाईले सम्झौता गर्नुपर्ने हुन्छ । जस्तै, स्त्रिmन साइज, प्रोसेसर स्पिड, क्यामेराको क्षमता र ब्याट्री लाइफ पनि तपाईले महंगा फोनभन्दा स्वभाविकरुपमा कम पाउनुहुनेछ ।

२. फिचरबारे डवल चेक गर्नुहोस्

बजेट फोन उत्पादकहरुले सस्तो लागतमा उत्पादन गर्न केही महत्वपूर्ण फिचरमा सम्झौता गरिरहेका हुन्छन, कहिलेकाहीँ त लेखिएको भन्दा निकै कम फिचर हुन्छन् । त्यसैले त्यस्ता फोनमा लेखिएअनुसार छ वा छैन, आफुलाई चाहिएको कुन क्षमताको हो भन्ने यकिन गर्नुपर्छ ।

जस्तै, ४ जीवी आन्तरिक स्टोरेज भनिएको फोनमा दुई जीवीमात्र हुनसक्छ । ४.७ इन्चको स्त्रिmनमा ८००हृ ४०० पिक्सेलको डिस्प्ले हुनसक्छ । १० मेगापिक्सेलको क्यामेरा भनिएपनि तस्वीरको गुणस्तर ५ मेगापिक्सेलको मात्र हुनसक्छ । त्यस्तै वाईफाई, ब्लुटुथ लगायतका कनेक्टिभीटी ले पनि काम गरे नगरेको भुक्तानी गर्नुअघि नै निक्र्यौल गर्नुपर्छ ।

३. हार्डवेयरमा ध्यान दिनुस्

बजेट स्मार्टफोनमा सवैभन्दा ध्यान दिनुपर्ने पक्ष हो हार्डवेयर । किनभने इन्ट्री लेभल स्मार्टफोन भन्दै गएगुज्रेकै हार्डवयेर प्रयोग गर्नुपर्छ भन्ने छैन् । यो सेगमेन्टको फोनमा अक्टाकोर प्रोसेसर समान्य चीज हो, जसलाई तपाईले न्यूनतम सर्त बनाउन सक्नुहुन्छ । त्यस्तै र्‍यामको क्षमता, स्टोरेज क्षमता पनि ख्याल राख्नुस् । मेमोरी थप्ने मिल्ने फिचरसहितको फोन खोज्नु उपयुक्त हुन्छ ।

अन्य फिचरहरु जस्तै, डिस्प्ले साइज, रिजोलुसन, कनेक्टीभिटी अप्सन र ब्याट्री क्षमताबारे ध्यान दिनुपर्छ ।

४. अपरेटिङ सिस्टम ख्याल गर्नुहोस्

बजेट स्मार्टफोन भन्दैमा पुरानो अपरेटिङ सिस्टमयुक्त फोन हुन्छ भन्ने हैन् । सस्ता फोनमा पनि पछिल्ला भर्सनका अपरेटिङ सिस्टम अपग्रेड गर्नसक्ने सुबिधा हुनु जरुरी हुन्छ । सिस्टम अपग्रेड गर्नका लागि हार्डवयेर पर्याप्त छ कि छैन भन्ने पनि यकिन गर्नुस् ।

यस्तै थर्ड पार्टी एप्स कति पहिले नै इन्स्टल भएका छन र तिनलाई हटाउन सकिन्छ कि सकिन्न भन्ने पनि यकिन गर्नुस् ।

५. बिक्रिपछिको सुबिधाबारे यकिन गर्नुहोस्

अधिकांश स्मार्टफोनमा एक बर्षको वारेन्टी सुबिधा हुन्छ । तर, तपाईको वरिपरि उक्त स्मार्टफोनको सर्भिस सेन्टर छैन भने वारेन्टीको कुनै अर्थ हुँदैन् ।

त्यसैले कम्पनीको वेबसाइटमा गएर सर्भिस सेन्टर आफ्नो लोकेसनमा छ कि छैन भनेर यकिन गर्नुहोस्, यसबारेमा बिक्रेतासँग बुझ्नुहोस् र बिभिन्न फोरममा गएर बिक्रिपछिको सुबिधाका सन्र्दभमा उक्त ब्राण्डको प्रतिष्ठा कस्तो छ भन्नेबारे सर्च गर्नुहोस् ।

धेरैजसो ब्राण्डले अहिले पर्याप्त स्पेयर पार्टस् नदिने समस्या देखिएको छ । त्यसैले बिक्रिपछिको सेवाबारे यकिन भएपछि मात्रै स्मार्टफोन किन्ने निर्णय लिनुहोस् ।
-टाइम्स अफ इण्डियाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?