Comments Add Comment

प्रचण्डले असुरक्षित भएँ भन्नु सस्तो लोकप्रियता : एमाले सचिव

१० फागुन, भक्तपुर । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रचण्डले सस्तो लोकपि्रयताका लागि प्रचण्डले आफू असुरक्षित रहेको अभिव्यक्ति दिएको दावी गरेका छन् ।

Pradeep-Gyaliउनले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले आफूसँग गरेको सम्झौता पालना गर भन्नु धमिलो पानीमा माछा मार्ने प्रयास भनेका छन् ।

रफत सञ्चार क्लव भक्तपुरले गरेको साक्षत्कार कार्यक्रममा एमाले सचिव ज्ञवालीले प्रधानमन्त्रीको आहृवान र संविधानसभा अनिश्चितकालका लागि स्थगन गर्दा पनि विपक्षी मोर्चाले एक पछि अर्को बहाना बनाउनु ईमान्दारिता र संविधान निमार्णमा निष्ठाको अभाव भएको बताए ।

उनले भने-‘दुई तिहाई बहुमत भएको सत्ता पक्षले यति लामो समयसम्म पनि प्रतिपक्षलाई सहमतिमै गएर संविधान जारीका लागि पर्खेको छ । तर, अव संविधान निमार्णमा भन्दा अन्दोलनमा गए प्रक्रियाबाटै संविधान जारी हुन्छ ।’

एमाले सचिव ज्ञवालीले एमाओवादी नेतृत्व ओरालो लागेको र गन्तब्य भुलेर दोवाटोमा रुमलिरहेको भन्दै अन्दोलनको कुनै सार्थकता नभएको बताए ।

अन्दोलनले एमाओवादी र मधेववादी दलहरुको अस्थित्व संकटमा पर्नेतर्फ सचेत रहन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment