Comments Add Comment

एघार अंकले घट्यो नेप्से

१० फागुन काठमाडौं । साताको पहिलो दिन आइतबार ११ अंकले घटेर नेप्से परिसूचक ९ सय ७१ अंकमा झरेको छ । उत्पादनमूल समुहबाहेक अन्य सबै समुहगत सूचकहरु घटेका छन ।

उत्पादनमूलक समूहको सूचक १४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । जलविद्युत समुहको सूचक सबैभन्दा बढी ३८ अंकले घटेको छ ।

त्यसैगरी होटल समुहको २३ अंकले, बाविज्य बैंक समुहको १२ अंकले, विकास बैंक समुहको १५ अंकले, वित्त कम्पनी समुहको ६ अंकले, बीमा समुहको ७ अंकले र अन्य समूहको सूचक साढे ३ अंकले घटेको एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment