१७ फागुन, काठमाडौं । प्रभु बैंकले गोराखाको पृथ्विनारायण नगरपालिकामा शाखा विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीलले उद्घाटन गरे ।
बैंकले धादिङ बेशीमा रहेको तत्कालिन प्रभु विकास बैंकको शाखा बन्द गरी गोराखामा नयाा शाखा खोलेको हो । धादिङ बेशीमा भने तत्कालिन किष्ट बैंकको शाखाबाट सम्पूर्ण कारोबार हुने बताइएको छ ।
किष्ट बैंक लिमिटेड, प्रभु विकास बैंक लिमिटेड, गौरीशंकर डेभलपमेण्ट बैंक लिमिटेड र जेनिथ फाइनान्स लिमिटेड एक आपसमा गाभिादा काठमाडौं उपत्यकाभित्र ५ र बाहिर १९ वटा गरी २४ वटा शाखा कार्यालयहरु दोहोरिन गएका थिए ।
एकै ठाउामा दोहोरिन गएका शाखा कार्यालयहरुको कारोबार नजिकमा रहेका बैंकका अन्य शाखा कार्यालयहरुबाट सञ्चालन हुने व्यवस्था प्रभु बैंकले मिलाइरहेका छ ।
केन्द्रीय बैंकको स्वीकृतिमा शाखा कार्यालयहरु क्रमशः स्थानान्तरण गर्दै जाने क्रममा बैंकले यसअघि काठमाडौंस्थित सुन्धारा, बागदरबारमा नयाा शाखा सञ्चालनमा ल्याइसकेको छ ।