Comments Add Comment

कास्की बस दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

२२ फागुन, कास्की । कास्कीको सराङकोटमा शुक्रबार विहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६  पुगेको छ ।

bus-Accident-in-sarankot

दुर्घटनामा कास्कीकोट काउले बस्ने ५० वर्षीय हरीबहादुर खत्री, गुण्टेचौर बस्ने ४० वर्षीया गोमा लुईटेल, सराङकोटका ५० वर्षीय लेखबहादुर खत्री, सेदी बस्ने ४५ वर्षीया तारा थापा, कास्कीकोटकी भिमा केसी र ठेगाना नखुलेका २० वर्षीय दिवस तिमिल्सीनाको मृत्यु भएको हो ।

बिहान साढे १० बजे गुण्टेचौरबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ४८४९ नम्बरको बस सराङ्कोटस्थित पधेरीमा अनियन्त्रित भई सडकबाट करीब १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा ५१ यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । ८ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

Sarangkot-Accident-causalities

  • काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएका घाइते । तस्वीर सौजन्य : ग्राण्डी अस्पताल

सराङकोटका सुमन थापा, दिल ढकाल र शेरबहादुर थापाको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो । अन्य घाइतेहरुको पोखराका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

घाइते यात्रुहरुले सहचालकले बस चलाउँदा दुर्घटना भएको दाबी गरेका छन् । तर, दुर्घटनाको एकीन कारण भने खुल्न सकेको छैन ।

थप तस्वीर हेर्नस्

 Pokhara Bus Accident (2)  Pokhara Bus Accident (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment