Comments Add Comment

होलीमा रुपन्देहीका ७३ जना पक्राउ

holi-rupandehi

सलमान खान

२३ फागुन, भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ७३ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । होली पर्वको सुरक्षालाई मध्यनजर गर्दै ७३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको रुपन्देहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेशकुमार पोखरेलले बताए ।

‘जिल्लाको विभिन्न स्थानबाट ट्राफिक नियमको उल्लंघन, झैझगडा, जबरजस्ती लोला हान्ने, मादर्थ पदार्थ सेवन गरी होहल्ला गरेका व्यक्तिहरुलाई हामीहरुले पक्राउ गरेका छौँ’ रुपन्देहीका निमित्त प्रहरी प्रमुख पोखरेलले भने ।

रुपन्देही प्रहरीले होली पर्वको सुरक्षालाई मध्यनजर गर्दै तीनदिन अघिदेखि नै शान्त रुपमा मनाउन आग्रह गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment