+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दाम्लोले बाँधिएकी कमलाको उद्धार गरिने

२४ फागुन, तेह्रथुम । उपचार गर्ने खर्च नभएर २८ वर्षदेखि दाम्लोमा बाँधेर राखिएकी तेह्रथुमको हमरजुङ-४ की मानसिक रोगी ३२ वर्षीया कमला रोक्काको उद्धार हुने भएको छ । ‘दलितकी छोरी : जेठी दाम्लोमा, कान्छी बलात्कृत’ शीर्षकमा अनलाइनखबरमा समाचार प्रकाशन भएपछि कमलाको उद्धार तथा पुनःस्थापनाका लागि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २४ गते १२:०१

प्रकाश धौलाकोटी

२४ फागुन, तेह्रथुम । उपचार गर्ने खर्च नभएर २८ वर्षदेखि दाम्लोमा बाँधेर राखिएकी तेह्रथुमको हमरजुङ-४ की मानसिक रोगी ३२ वर्षीया कमला रोक्काको उद्धार हुने भएको छ । ‘दलितकी छोरी : जेठी दाम्लोमा, कान्छी बलात्कृत’ शीर्षकमा अनलाइनखबरमा समाचार प्रकाशन भएपछि कमलाको उद्धार तथा पुनःस्थापनाका लागि राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको हो ।

Jhappak bahadur 650 (1)

  • दाम्लोले बाँधेर राखिएकी कमला अभिभावकसँग

आयोगकी प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा खटिएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले तेह्रथुमका स्थानीय प्रशासनसँग छलफल पछि उनको उपचार र पुनःस्थापनाका लागि निर्देशन समेत दिएको छ । छलफलमा कमलाको उपचारसँगै उनको ९ वर्षीय छोराको पढाइको विषयमा पनि पहल गर्ने निर्णय भएको छ ।

कमलाको उपचारका लागि काठमाडौँ स्थित कोशिस नेपाल नामक संस्थालाई सिफारिस गर्ने र बच्चाको पढाइका लागि सम्बन्धित संस्थाहरुसँग समन्वय गरी सिफारिस गर्ने निर्णय भएको राष्ट्रिय मानव अधिकार आयोगका पूर्वान्चल क्षेत्रीय प्रमुख कोषराज न्यौपानेले बताए । उनलाई उपचारका लागि काठमाडौंसम्म लैजाने तेह्रथुमस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयले प्रतिवद्धता जनाए ।

Mohana-Ansari

  • आयोगकी प्रवक्ता मोहना अन्सारी कमलाको स्वास्थ्य उपचारबारे तेह्रथुममा स्थानीय अधिकारीसँग छलफल गर्दै

साथै महिला तथा बालबालिका कार्यालय मातहतको महिला तथा बालबालिका उद्धार कोषबाट कमलालाई उपचारकालागि लैजान नगद १० हजार रुपैयाँ दिने निर्णय समेत भइसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ढकालका अनुसार जिल्ला स्थित विभिन्न संघ संस्थाको सहयोगमा उनलाई उपचारका लागि यही साता काठमाडौं लगिने छ ।

जन्मेको ३ वर्षदेखि नै मानसिक सन्तुलन विग्रिएका कारण उपचारमा लगेर औषधी खुवाएपनि नियमित औषधी किनेर खुवाउन नसक्दा कमलालाई उनको परिवारले २८ वर्षदेखि दाम्लोले बाँधेर राखेको थियो । मानसिक सन्तुलन गुमाएकी कमलालाई कसैले जवरजस्ती गरेर उनको छोरा समेत जन्मिएको छ । छोरा ९ बर्षको भइसकेपनि पढाइ भने अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?