Comments Add Comment

प्रधानमन्त्रीले भने- गभर्नर छान्ने निर्णय मै गर्छु, तपाई चुप लाग्नुहोस्

susil koirila and ramsaran
प्रधानमन्त्री शुसील कोइराला र अर्थमन्त्री रामशरण महत

२६ फागुन काठमाडौं । प्रधानमन्त्री शुसील कोइरालाले गभर्नर छनोट गर्ने जिम्मा आफ्नो भएको भन्दै अर्थमन्त्रीलाई रामशरण महतलाई चुप लाग्न निर्देशन दिएका छन् ।

पूर्वअर्थ सचिव रामेश्वर खनाललाई राष्ट्र बैंकको नयाँ गभर्नर बनाउनुपर्ने प्रस्ताव लिएर पुगेका महतलाई कोइरालाले चुप लाग्न निर्देशन दिएको प्रधानमन्त्रीनिकट उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

‘प्रधानमन्त्रीज्यूले गभर्नर छान्ने काम मै गर्छु, तपाईँ चुप लाग्नुहोस् भन्नुभयो ।’ ब्रिफिङ सुनेपछि अर्थमन्त्रीलाई प्रधानमन्त्रीले दिएको जवाफ उदृत गर्दै स्रोतले भन्यो- ‘तर,  उहाँले कसैको नाम लिनु भएन ।’

Rameshor khanal and chiranjibi
नयाँ गभर्नरका लागि मुख्य चर्चामा रहेका रामेश्वर खनाल र चिरञ्जीबी नेपाल

कोइरालाले २०७० भदौ १० गते खनाललाई कांग्रेसमा प्रवेस गराउँदै राम्रो जिम्मेवारी दिने प्रतिवद्धता गरेका थिए । यसलाई आधार मानेर कतिपयले खनाललाई नै प्रधानमन्त्रीले गभर्नर बनाउने विश्लेषण गरेका छन।

अर्थतन्त्र राम्रोसँग बुझेको र प्रशाशकीय अनुभव पनि रहेकाले खनालले प्रभावकारीरुपमा राष्ट्र बैंक हाँक्न सक्ने भन्दै अर्थमन्त्रीले प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेका थिए ।

त्यस्तै, प्रधानमन्त्रीको सक्रियताले आफ्ना आर्थिक सल्लाहकार डा. चिरञ्जीबी नेपाललाई गभर्नर बनाउन सक्ने धेरैको अनुमान छ ।  त्यसबाहेक प्रधानमन्त्रीका अरु पनि गभर्नरको उम्मेद्धार हुनसक्ने आशंका गरिएको छ । प्रधानमन्त्रीय शाशन पद्दतिमा प्रधानमन्त्रीका अधिकांस प्रस्तावहरू मन्त्रिपरिषदले पारित गर्छ ।

अर्थमन्त्री महतको पहिलो रोजाइमा भने पूर्वअर्थसचिव रामेश्वर खनाल छन् । खनाल नभए अर्थशास्त्री विश्वम्बर प्याकुरेल र निवर्तमान अमेरिकी राजदूत शंकर शर्मालाई गभर्नर बनाउनु पर्ने उनको जोड छ ।

तीन जनामध्ये एकजना एकजना राष्ट्र बैंकको डेपुटी गभर्नर पनि सिफारिस गर्नुपर्ने भएकाले गोपाल काफ्ले सिफारिस हुने बढी सम्भावना छ । गभर्नर पदका लागि दर्जनबढी उम्मेद्वार भएपनि अन्य उनीहरूको खासै चर्चा छैन् ।

Govarner candidate
नयाँ गभर्नरका लागि खनाल र नेपालपछि बढी चर्चामा रहेका उम्मेद्वारहरू

तर, प्रधानमन्त्रीले नै सक्रियता देखाएपछि अर्थमन्त्रीलाई आफ्नो चाहाना अनुसारको निर्णय लिन कठिन हुने देखिएको छ । यद्यपि, गभर्नर सिफारिस समितिले सिफारिस गरेका तीनजनामध्येबाट एकजनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

अर्थमन्त्री महत प्रधानमन्त्रीलार्इ कन्भिन्स गराउन लागि परेका छन । त्यसो त, राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग समन्वय गरेर काम गर्नु पर्ने भएकाले अर्थमन्त्रीले प्रधानमन्त्रीलार्इ कन्भिन्स गर्न असजिलो भने छैन ।

सरकाले आगामी सातासम्ममा नयाँ गभर्नरको नियुक्ति गरिसक्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री महतको संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति  गठन गरेको थियो । डा. युवराज खतिवडाको कार्यकाल आगामी चैत ५ गते सकिँदैछ ।

गभर्नरका नाममा राष्ट्रले मुद्रा (नोट) छाप्ने भएकाले यो पद निकै ग्ल्यार मानिन्छ । पछिल्लोसमय संसारभर आर्थिक विकासका लागि वित्तीय स्थायित्व प्रमुख बन्दै गएकाले गभर्नरको प्रभाव बलियो भइरहेको छ ।

केन्द्रिय बैंकको गभर्नर सरकारको प्रमुख आर्थिक सल्लाहकार, मौद्रिक नीति तयार गरी कार्यान्वयन गर्ने, बैंक तथा वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण गर्ने मुख्य व्यक्ति हो ।

यो पनि पढ्नुहोस- कस्तो गभर्नर चाहन्छन्, राष्ट्र बैंकका कर्मचारी ?

यो पनि पढ्नुहोस- राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको ‘लिगलिगे दौड’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment