+
+
Shares

अब केपी ओली कानुनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १६:०७
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्।
  • अर्यालले ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गर्दै अब पहिलेजस्तो नहुने बताए।
  • सरकारले नभएर न्यायिक आयोगले ओलीलाई बाहिर जान नदिने निर्णय गरेको अर्यालले स्पष्ट पारे।

३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन् । ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गर्दै उनले अब पहिलेजस्तो नहुने बताए ।

सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ओलीलाई बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँचबुझ आयोगले भनेको प्रष्ट पारे ।

ओलीले गृहमन्त्रीलाई बाहिर जानबाट रोक्न चुनौती दिएको बारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘आयोगले गरेको हो ।आयोगलाई भन्नुपर्‍यो नि, सरकारले गरेको होइन नि उहाँलाई ।’

ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘त्यो कानुन मान्दिनँ भनेको हो उहाँले ।’

अर्यालले थपे, ‘केपी ओली मात्रै कानुनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो, अब त्यस्तो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?