Comments Add Comment

एसएलसीलाई लक्षित गरी २ घन्टा लोडसेडिङ घट्यो (तालिकासहित)

३० फागुन, काठमाडौं । एसएलसी परीक्षालाई लक्षित गरी नेपाल विद्युत प्राधिकरणले दुई घन्टा लोडसेडिङ घटाएको छ ।

नयाँ तालिका अनुसार अब दैनिक ९ घन्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएको थियो । एसएलसी परीक्षा अागामी चैत ५ गतेदेखि सुरू हुँदैछ ।

नयाँ तालिका अनुसार आगामी चैत २ गतेदेखि लोडसेडिङ घट्ने विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विद्युत चुहावट नियन्त्रणमा केही सुधार आएसँगै मध्यमस्ङ्दी लगायतका विद्युत आयोजनामा गरिएको सुधार र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना सञ्चालन गरेर लोडसेडिङ घटाउन लागिएको हो ।

प्राधिकरणका अनुसार अहिले विद्युतको उच्च माग रहेपनि विद्यार्थीलाई लक्षित गरी लोडसेडिङको समयावधी घटाएको हो । अहिले विद्युतको उच्च माग एक हजार दुई सय मेगावाट र आपूर्ति पाँचसय ६५ मेगावाट छ ।

छ सय ५० मेगावाट बराबरको अपुग बिजुलीका लागि प्राधिकरणले लोडसेडिङ गर्दै आएको छ ।

लोडसेडिङको नयाँ तालिका हेर्नुहोस्

loadsedding-table-phalgun-30

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment