+
+
Shares

सिप्रदीले एकैसाथ पायो टाटाले प्रदान गर्ने नौ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २ गते ११:१३

Tata award nepal(1)

२ चैत, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ कम्पनीले टाटा मोटरर्सले प्रदान गर्नेमध्ये नौवटा अवार्ड हात पारेको छ ।

टाटाका विश्वभरका अन्य आधिकारीक विक्रेता कम्पनीहरुलाई उछिन्दै नेपालको आधिकारीक विक्रेता सिप्रदिले सवैभन्दा धेरै अवार्ड पाएको हो ।

सिप्रदीले उत्कृष्ट कस्टमर केयर, सबैभन्दा बढी बजार हिस्सा र संस्थागत सामाजिक उत्तरदायित्वमा अवार्ड पाएको कम्पनीले जनाएको छ ।

टाटा मोर्टसद्वारा शनिबार नयाँ दिल्लीमा आयोजित समारोहमा सिप्रदीका प्रतिनिधिलाई अवार्ड हस्तान्तरण गरिएको हो । समारोहमा सिप्रदीका प्रसिडेण्ट सौर्य राणा, भाइस प्रेसिडेण्ट राजेशप्रसाद गिरी र चिफ अपरेससन अफिसर राजनबाबु श्रेष्ठले सिप्रदीका तर्फबाट अवार्ड ग्रहण गर्नुभएको थियो ।

टाटाले ‘ग्लोबल कमर्सियल भेइकल बिजनेश युनिट एचिभमेन्ट अवार्ड २०१४’ मा सिप्रदीलाई हाइएस्ट ग्रोथ इन मार्केट सेयर स्मल कार भेइकल, हाइएस्ट मार्के सेयर वस, हाइएस्ट मार्केट सेयर हेभी कमर्सियल भेइकल ट्रक, हाइएस्ट सेल्स वस एन्ड हाइएस्ट कन्ट्री मार्केट सेयरको अवार्ड प्रदान गरेको हो ।

नेपालमा कमर्सियल भेहिकल बिक्रिमा टाटा मोटर नम्बर एक स्थानमा छ भने प्यासेन्जर कार सेगमेन्टमा तेस्रो स्थानमा छ । पछिल्लो समयमा प्यासेन्जर कारमा आक्रामक बनेको टाटाले आफ्नो मार्केट सेयर बढाउँदै लगेको छ ।

Tata award nepal(2) Tata award nepal(3) Tata award nepal(4) Tata award nepal(5) Tata award nepal(6) Tata award nepal(7) Tata award nepal(8) Tata award nepal(9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?