Comments Add Comment

मात्रिका यादव भन्छन् : मोदी आएपछि माओवादी एकता उड्यो

matrika Yadav

२ चैत, काठमाडौं । नेकपा (माओवादी)का संयोजक मात्रिका यादवले पाँच माओवादीबीच बनाइएको कार्यगत एकता समिति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएपछि विघटन भएको बताएका छन् ।

सोमबार काठमाडौको प्रज्ञा भवनमा आयोजित माओवादी आन्दोलन पुर्नगठन अभियान घोषणा कार्यक्रममा बोल्दै यादवले कार्यगत एकता गर्न नसक्नेहरुले पार्टी एकता गर्न नसक्ने बताए ।

‘मणीजी (मणी थापा) संयोजक रहेको हामी पाँच माओवादीको कार्यगत एकता समिति थियो’ यादवले भने-‘पाँच पार्टीको कार्यगत एकता समिति मोदी आएपछि उड्यो ।’

माओवादी आन्दोलन पुनर्गठन अभियानको प्रतिवद्धता पत्रमा मधेस आन्दोलनको काहिँ उल्लेख नभएको भन्दै असन्तुष्टि जनाए । ‘मधेसमा एउटा मधेसीवाद छ, पहाडमा पहाडियावाद छ’ उनले अभियानप्रति लक्षित गर्दै भने-‘पहाडियावाद र मधेसीयावाद खतरनाक छ, दुबैवाद क्रान्तिको विरोधी छ ।’

यादवले एमाओवादी अध्यक्ष प्रचण्डलाई ‘बनाउन पनि बहादुर र बिगार्न पनि बहादुर’ भएको भन्दै आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment