Comments Add Comment

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने फ्याकल्टी बोर्डको निर्णय

५ चैत, काठमाडौं । चिकित्साशास्त्र अध्यनन संस्थान आईओएमको फ्याकल्टी बोर्डको बैठकले नयाँ मेडिकल कलेजलाई तत्काल सम्बन्धन नदिने निर्णय गरेको छ ।

institute-of-medicine

फ्याकल्टी बोर्डको बिहीबार बसेको बैठकले आइओएमकै क्षमता नभएको ठहर गर्दै नयाँ कलेजलाई सम्बन्धन दिन नसक्ने ठहर गरेको छ ।

प्रधानमन्त्री कार्यालयले नै सम्बन्धन दिनेबारे प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि त्रिवि उपकुलपतिको कार्यालयले पटक पटक ताकेता गरेको थियो । मनमोहन मेडिकल कलेजसहित चार कलेजलाई सम्बन्धन दिलाउने प्रयास स्वरुप त्रिविले फ्याकल्टी बोर्डको बैठक बोलाउन आइओएमलाई दबाव दिँदै आएको थियो ।

चर्को दबावपछि बसेको फ्याकल्टी बोर्ड बैठकले नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिँदा आइओएमले अनुगमनदेखि परीक्षा दिन नसक्ने भन्दै सम्बन्धन नदिने निर्णय गरेको छ ।

एमाले नेताहरुको संलग्नता रहेको मनमोहन कलेजलाई सम्बन्धन दिलाउन राजेन्द्र पाण्डेसहितका सभासदहरुले दबाव दिँदै आएका छन् । पाण्डेले त मनमोहन कलेजलाई सम्बन्धन नदिए संविधानसभामै अनशन बस्ने चेतावनी समेत दिएका थिए ।

एमालेको दबावपछि प्रधानमन्त्री कार्यालयले त्रिविको सम्बन्धन प्रक्रिया अन्तरगत गठित समितिले तयार पारेको प्रतिवेदन फ्याकल्टी बोर्डमा लगेर प्रक्रिया अघि बढाउन भनेको थियो ।

डा. गोविन्द केसीले भने सम्बन्धन प्रक्रिया अघि बढाए र पूर्वसहमति कार्यान्वयन नगरे सोमबारबाट अनसन बस्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment