Comments Add Comment

आगलागी पीडितलाई जिविस, उद्योग वाणिज्य संघ र सामुदायिक भवनमा राखियो

Taplejung-aaglagiचैत १०, ताप्लेजुङ । सदरमुकाम फुङलिङको तोक्मे डाँडा क्षेत्रमा सोमबार राति भएको आगलागीमा परी विस्थापित भएकाहरुलाई अल्पकालीनरुपमा बासको व्यवस्था गरिएको छ ।

taplejung rahat
०४८ सालमा बनाइएकाे सरकारी सूची

विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाका अनुसार विस्थापितलाई जिल्ला विकास समिति, उद्योग बाणिज्य संघ, सामुदायिक भवनमा राख्ने ब्यवस्था मिलाइएको छ ।

प्रजिअ निरौलाका अनुसार आगलागीले ३५ घर जलेको र ९० परिवार विस्थापित भएको प्रारम्भिक अनुमान रहेको छ । तर, क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ । आगलागीको यकिन तथ्यांक चाँडै सार्वजनिक गर्ने र दीर्घकालिन राहतका विषयमा निर्णयमा पुग्ने निरौलाले वताएका छन् ।

पीडितहरुलाई प्रारम्भिक चरणमा पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण समितिले ३० किलो चामल, नुन, तेल, आलु, दाल, पानी रेडक्रसले पाल, कम्बल, भाँडालगायतका सामग्री उपलब्ध गराएको छ ।

दुई वर्ष अघि गठन गरिएको सरकारी संयन्त्रले ५० जनाभन्दा बढी पीडित भएको घटनामा राहत दिने सामाग्रीको सूची तयार गरे पनि मंगलबार मन्दिर क्षेत्र संरक्षण समितिले राहत बाँड्न थालेको छ ।

सोमबार साँझ पूर्वेली होटलबाट सुरु भएको आगो पूर्वतर्फ तोक्मेडाँडाको नेपाली सेनाको श्रीबक्स गुल्म र पश्चिमतर्फ ताराप्रसाद सिटौलाको पसलमा पुगेर नियन्त्रणमा आएको थियो । रातभरि नै धुँवा आउने क्रम रहे पनि इलामबाट आएको दमकलले रातिदेखि आगो निभाउन सुरु गरेको थियो । बिहान झापाबाट आएको अर्को दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment