Comments Add Comment

एक गाग्रो पानी लिन दुई घन्टा हिँड्नुपर्ने बाध्यता

११ चैत, दार्चुला । दार्चुलाको भगवती गाविस– ७ न्वालपानी गाउँका स्थानीयलाई खानेपानीका लागि दुई घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
waiting-for-water
गाउँमा रहेको एउटा मात्र न्वालामा पानी सुकेपछि स्थानीय एक गाग्री पानी ल्याउन दुई घन्टाको दूरीमा रहेको किरमुले पुग्नुपर्ने बाध्य भएको हो ।

न्वालपानीमा गर्मियामका तीन महिना पानीको अभाव हुने गरेको छ । दुई घन्टा हिँडेर ल्याएको पानी पिउनलाई समेत नपुग्ने भएपछि पशुचौपाया र चर्पी प्रयोगका साथै दैनिक सरसफाइमा समेत समस्या भएको न्वालपानीका स्थानीय उद्धवसिंह विष्टले बताए ।

बालबालिका तथा वयस्क पानीको जोहो गर्न बिहानैदेखि किरमुले लाग्ने भएकाले घरमा असक्त तथा ज्येष्ठ नागरिक मात्रै बस्ने गर्दछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment