Comments Add Comment

गगनले भने-केसीको लागि मौसमी ऐक्यवद्धता होइन

१२ चैत, काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डा. गोविन्द केसीलाई भेट्न अनसनस्थल पुगेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले माग पूरा गर्न तत्काल प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताएका छन् ।
Gagan Thapa with onlinekhabar
‘यसअघिको अनशन क्रममा कांग्रेस केन्द्रीय समितिले नै उहाँको मागलाई जायज ठहरर्याउँदै चिकित्सा शिक्षासम्बन्धी समग्र नीति नबन्दासम्म सम्बन्धन दिन नहुने निर्णय गरिसकेको छ’, उनले भने ‘बाहिर हुँदा एउटा कुरा, सरकारमा हुँदा अर्को पोजिसन हुन सक्दैन, हामीले पार्टीको सोही निर्णयको आधारमा थुप्रो फोरममा यही धारणा राख्दै आएका छौं ।’

आफूले ब्यक्तिगत रुपमा पनि संसदमा बारम्बार स्वास्थ्य क्षेत्रको विकृतिविरुद्ध आवाज उठाइरहेको उनले बताए, नागरिक दैनिकमा खबर छ । ‘यही नाताले म भेट्न आएको हुँ,’ उनले भने, ‘मौसमी एकयवद्धताका लागि होइन ।’

प्रधानमन्त्री आफैले डा. केदारभक्त माथेमाको संयोजकत्वमा चिकित्सा शिक्षासम्बन्धी नीति सिफारिस कार्यदल गठन गरेका बेला त्यसको प्रतिबेदनसमेत नकुरी सम्बन्धन खोलेर माथेमाकै अपमान गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment