Comments Add Comment

सात महिनामा दुई अर्बको कस्मेटिक आयात

Cosmetic-goods

१२ चैत, काठमाडौं । मानिस आफ्नो सुन्दरताप्रति सचेत बन्दै जाँदा कस्मेटिकको प्रयोग बढ्न थालेको छ । पछिल्ला वर्षहरुमा विदेशी मुलुकबाट आयात भएको कस्मेटिक्सको परिमाणले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्षको माघसम्म एक अर्ब ९२ करोड रुपैयाँ बराबरको कस्मेटिक्स आयात गरिएको छ । जबकी अघिल्लो वर्षको यही अवधिसम्म एक अर्ब ४४ करोड रुपैयाँको कस्मेटिक्स आयात भएको थियो ।

नेपालमा भारत र चीनसहित तेस्रो मुलुकबाट कस्मेटिक्स आयात हुँदै आएको छ । कस्मेटिक्सको आयात सबैभन्दा बढी भारतबाट भइरहेको छ भने चीनबाट पनि ठूलो परिमाणमा आइरहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आयात निर्यात प्रतिवेदन अनुसार सात महिनाको अवधिमा भारतबाट एक अर्ब १४ करोड रुपैयाँ बराबरको कस्मेटिक्स आयात भएको देखिन्छ । त्यस्तै, चीनबाट १६ करोड रुपैयाँको र अन्य मुलुकबाट ६१ करोड रुपैयाँको कस्मेटिक्स आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भारतबाट ७७ करोड रुपैयाँको कस्मेटिक्स आयात भएको थियो भने चीनबाट १६ करोड र अन्य मुलुकबाट ५० करोड रुपैयाँको कस्मेटिक्स आयात भएको थियो ।

मुलुकभित्र ब्यूटिपार्लरको संख्या बढ्नु, विदेशी मिडियाको प्रभाव पर्नु, मानिसमा आफ्नो सुन्दरताप्रति सचेतना बढ्नु लगायतका कारणले कस्मेटिक्स आयात बढ्दै गइरहेको हो ।

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठका अनुसार दुर्गम क्षेत्रहरुमा समेत ब्युटिपार्लर पुगिसकेका छन् । जहा्र ५०/६० हजार व्यवसायीहरु प्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment