१३ चैत, काठमाडौं । नेपाल टेलिकमले एसएलसी दिएका विद्यार्थीलाई सहुलियत दरमा सिमकार्ड बिक्री सुरु गरेको छ ।
सहुलियत योजनामा विद्यार्थीले सय रुपैयाँ बराबरको टक भ्याल्यु र सय मेगावाइट डाटा भएको सिमकार्ड सय रुपैयाँमा खरिद गर्न पाउनेछन् ।
मोबाइल सेवामा यूवा पुस्ताको आकर्षण बढ्दै गइरहेको हुँदा सहुलियत दरमा सिमकार्ड उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
सहुलियत दरमा सिमकार्ड लिनका लागि विद्यार्थीहरुले एसएलसीको प्रवेशपत्र, आफ्नो वा अभिभावकको नागरिकता र सरकारबाट जारी गरिएको परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
टेलिकमले देशभरका विद्यार्थीलाई सहुलियत दरमा सिमकार्ड उपलब्ध गराउने उद्देश्यसहित मुलुकभर यो योजना लागू गरेको जनाएको छ ।
कम्पनीका ग्राहक सेवा केन्द्रहरु तथा कम्पनीस्रग आवद्ध निजी क्षेत्रका विक्रेताबाट सहुलियत सिमकार्ड खरिद गर्न सकिने छ । यो योजना चैत मसान्तसम्म कायम रहने कम्पनीले जनाएको छ ।