+
+

सन्नी भन्छिन्-‘विगत जे भएपनि भविष्यका लागि गम्भिर छु’

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १९ गते १०:४१

Sunny Leon (8)
बलिउडमा पाइला चालेर चर्चा कमाएकी पूर्व पोर्न स्टार सन्नी लियोनी अझै पनि गल्ती गरिरहेकी छिन् । चलचित्र ‘लिला’को प्रमोशनमा सन्नीले प्रचारका लागि तयार पारेको पोष्टरलाई लिएर खुबै विवाद पनि भएको थियो ।

तर, पनि सन्नी लियोनीले बलिउडमा आफ्नो पाइला अगाडि बढाइरहेकी छिन् । चलचित्र ‘रागिनी एमएमएस २’मा सन्नीको अभिनय भन्दा पनि आइटम गीतले चर्चा पायो । सन्नीले भनिन्-‘मैले जे जस्ता गल्ती गर्न सक्थे त्यो गरे, किनकी म बलिउडमा नयाँ थिएँ ।’

सन्नीका अनुसार उनी सुरुवातमा चलचित्रको कहानी रोज्न जान्दिनथिन् । जसका कारण पनि उनले ‘ज्याकपट’ जस्तो चलचित्र गर्न पुगिन् । चलचित्र चुन्ने कुरामा गल्ती गरेपनि सन्नीलाई लाग्छ उनी गल्तीबाट नै सिकिरहेकी छिन् ।

सन्नी भन्छिन्-‘मैले मेरा आउने चलचित्रमा अभिनयमा पनि खुबै मिहिनेत गरेकी छु । मेरो विगत जे जस्तो भएपनि म भविष्यका लागि गम्भिर छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?