+
+

‘हेलेन’बाट कामुक छवि फर्काउँदै पूनम पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते ८:११

poonam-pandeyबलिउड नायिका पूनम पाण्डे नशा चलचित्रमा काम गरेपछि खासे चम्किइनन् । चलचित्रमा भन्दा सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले चर्चा धेरै कमाएकी छिन् ।

उनै पूनम पाण्डे अब ‘हेलेन’ नामक चलचित्रमा देखिदैछिन् । यो चलचित्रको छायांकन एक महिनापछि सुरु हुनेछ । तर, यो चलचित्र चर्चित नृत्यांगना हेलेनको जिवनमा आधारित नहुने पूनमको भनाई छ । पूनमले आफ्नो भूमिका खुलासा नगरेपनि हेलेनेका जिवनीको कथालाई भने नकारिन् ।

तर, पूनम अहिले नृत्य सिक्दैछिन् । चलचित्रमा हेलेनेका चर्चित गीतहरु पनि समावेश गरिनेछ । यो चलचित्रको छायांकन मुम्बई र गोवामा गरिनेछ । चलचित्रलाई अजित राजपालले निर्देशन गर्दैछन् । चलचित्रमा सुरेश नाकुम र विपिन मेधकरको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?