Comments Add Comment

‘फ्रेस फेस’ विजेता भन्छिन्-‘छोटो स्कर्ट लगाउँदैमा राम्री भइदैन'(भिडियो सहित)

Shikshya Sangroula_2
दोश्रो ‘लिरिल फ्रेस फेस’को विजेता बनेपछि शिक्षा संग्रौलाको जिवनमा थुप्रै परिवर्तन आएको छ । उनलाई लाग्छ, अहिले उनमा आत्मविश्वास बढेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले आफूमा पहिले साथीभाई र आफन्तसँग बोल्ने क्षमता कम भएको तर यो उपाधी जितेपछि एकाएक वृद्धी भएको बताइन् ।

उनले यस्ता खालका प्रतियोगीताले मानिसमा क्षमता वृद्धी हुने बताइन् । शिक्षालाई लाग्छ, नेपालमा यस्ता खालका प्रतियोगीतालाई हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन भएको छैन । तर, यस्ता प्रतिस्पर्धाले मानिसको क्षमता र आत्मविश्वासमा वृद्धी हुने उनको वुझाई छ ।

शिक्षाले अनलाइनखबरसँग गरेको कुराकानीको भिडियो यसप्रकार छ :

यो उपाधी जितेपछि उनले अब आफू ‘मिस नेपाल’ जित्ने सोचका साथ अगाडि बढाएको बताइन् । उनले भनिन्-‘म सानैदेखि मिस नेपाल बन्न चाहन्थे । यसैका लागि तयारी गरिरहेको छु । अब मिस नेपालमा भाग  लिने सोचमा छु ।’

चलचित्र र म्यूजिक भिडियोबाट अफर आएपनि आफूले नगरेको शिक्षाको भनाई छ । आफ्नो पढाई पुरा नभएकाले चलचित्र खेल्न नसकेको बताउँदै शिक्षाले सामज परिवर्तनका कथा आएको खण्डमा गर्ने बताइन् । बलिउड नायिका प्रियंका चोपडाबाट प्रभावित शिक्षाले उनले काम गरेजस्तै बिषयमा चलचित्र खेल्न मन लागेको सुनाइन् । Shikshya Sangroula

उनलाई नेपाली चलचित्रका नायक आर्यन सिग्देल र राजवल्लभ कोइराला मनपर्छ भने नायिकामा नन्दिता केसी । पहिरनको बिषयमा पनि उनी खासै चुजी छैनन् । ‘लिरिल फ्रेस फेस’ जित्नका  लागि चञ्चलता र मनमोहकता छर्ने गुण हुनुपर्छ । यसैले पनि धेरैलाई लाग्छ, शिक्षा पहिरन पनि मानिसलाई आकषिर्त गर्ने खालका छोटा लगाउँछिन् । तर, उनको पहिरनको बिषयमा फरक धारणा छ । शिक्षाले आफू छोटो पहिरन लगाएर हिड्नुपर्छ भन्ने सोचमा नरहेको बताइन् । छोटो पहिरन लगाउँदैमा सेक्सी नभइने उनको भनाई छ ।

उनले आफू कहिल्यै पनि छोटो पहिरनमा नहिडेको बताइन् । उनले चाडै नै आयोजना हुन लागेको ‘लिरिल फ्रेस फेस’को तेश्रो संकरणमा भाग लिनका लागि पनि अन्य यूवतीहरुलाई आह्वान गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment