+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७६ बलमा ५० रन आवश्यक
विराटनगर किंग्स 2025
98/1 (7.2)
Shares

दुनियाको सर्वाधिक धनी बिरालो, वार्षिक कमाइ ३५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २२ गते ९:०५

catयो विश्वकै सबैभन्दा धनी तथा चर्चित बिरालो हो । सायद यति धनी त विश्वका करोडौँ मानिस पनि छैनन् होला । चोपेट लेजरफिल्ड नामको यो बिरालोले अघिल्लो वर्ष एक टेलिभिजन शो मा काम गरेर झण्डै ३५ करोड रुपैयाँ जति रकम कमाउन सफल भएको छ । यो बिरालोको अहिलेपनि वाषिर्क कमाइ औषतमा पुगनपुग ३० करोड रुपैयाँ छ ।

यो भाग्यमानी बिरालो हो जर्मनीको । यो बिरालोको सेवागर्नका लागि दुइजना महिला कर्मचारी खटाइएका छन् । देशभित्र होस् वा विदेश यात्रा यो बिरालो आफ्नै निजी बिमानमा उड्छ ।

३ वर्षको चोपेटको सबैभन्दा ठूलो पहिचान यो बिरालो विश्वविख्यात जर्मन फेसन डिजाइनर कार्ल लेजरफिल्डको बिरालो हो । यो बिरालो सदैव लेजरफिल्डकै साथमा हुन्छ ।
यो बिरालोको आफ्नै इन्टाग्राम र टि्वटर अकाउण्ट रहेको छ ।

एक अन्तरवार्ताका क्रममा बिरालोका मालिक ८१ वर्षीय कार्ल आफ्नो बिरालोले गएको वर्ष केबल दुइवटा काम गरेर ३० लाख युरो कमाएको बताउँछन् । जापानी ब्युटी प्रडक्टका साथै जर्मन कारको विज्ञापनमा यो बिरालो खेलेको छ । तर उनले आफ्नो बिरालोलाई खानेकुराको विज्ञापनमा भने नखेलाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?