Comments Add Comment

कीर्ते नागरिकता लिने तिब्बती नागरिक थुनामा

२२ चैत, मेलम्ची । कीर्तेगरी नागरिकता लिएको अभियोगमा मुद्दा चलाइएका तिब्बत खाम्नुङहेङका तेन्जिङ शेर्पालाई थप अनुसन्धान र पुर्पक्षका लागि थुनामा राखिएको छ ।

विसं २०६८ वैशाखमा शेर्पाले नागरिकताको प्रतिलिपि लिएको खुलेपछि सरकारी अधिकारीकै मिलेमतोमा नागरिकता लिएको खुल्न आएको हो । शेर्पाले सिन्धुपाल्चोक जिल्ला हेलम्बु–६ स्थायी ठेगाना राखेर नागरिकता बनाएका थिए ।

तर प्रहरीको अनुसन्धानबाट हेलम्बु–६ मा तेन्जिङ शेर्पा नाम गरेका व्यक्ति फेला नपरेपछि सोही नागरिकताका बारेमा जिल्ला प्रशासन कार्यालयमा पुगेर फाइल हेर्दा हेलम्बु–६ मा स्थायी ठेगाना भएको र सोही नाम रहेको व्यक्तिको प्रमाण फेला नपरेको हेलम्बुका गाविस सचिव नारायण पौडेलले बताए ।

विसं २०६८ मा शेर्पाले बनाएको प्रतिलिपि हस्तलिखित रहेको छ तर सो समयमा जिल्ला प्रशासन कार्यालयमा कम्प्युटराइज प्रणाली सुरु भइसकेको थियो ।

नागरिकताको प्रतिलिपिमा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको हस्ताक्षर छ । यसबारे थप अनुसन्धान भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment