Comments Add Comment

छुट्टा छुट्टै दुर्घटनामा २ को मृत्यु

२२ चैत, रत्ननगर । चितवनमा एक मजदुरको लडेर ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको निर्माणाधीन भवनको छतबाट लडेर काठमाडौं घर भई प्रशासन कार्यालयको भवन निर्माणमा काम गर्दै आएका २० वर्षीय राजेश भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

गएराति खाना खाएर प्रशासन कार्यालयको छतमा सुत्न गएका बेला उनी एक्कासि लड्न पुगेका थिए ।

साँझ भएको उक्त घटनामा गम्भीर घाइते भएका उनको राति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । उनी लड्नुको कारण भने यकिन नभएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकको मृत्यु

इलामको साकफारा-२ तोरीबारीमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नुनसरी खोलाबाट ढुंगा लिएर साकफारातर्फ जाँदै गरेको मे १ त ३१२१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय गणेश श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उकालोमा भएकाले ट्याक्टर ब्रेकफेल भएर पल्टिएको बताइएको छ । मृतक श्रेष्ठको शव परीक्षणका लागि मोरङको मंगलबारे लगिने प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment