Comments Add Comment

रौतहटमा भारतीय सीमाबाट नेपालतर्फ गोली चल्यो

APF-boder-Force

गौतम श्रेष्ठ

२३ चैत, रौतहट । गौर आन्दोलन चलिरहेकै बेला सोमबार गौर नगरपालिका भन्दा ३ किलोमिटर पूर्व रहेको लक्ष्मीपुर बेलबिछवाको सशस्त्र प्रहरीको पोष्टमा भारतीय सीमा क्षेत्रबाट आक्रमण भएको छ ।

सशस्त्र प्रहरीको पोष्टमा स्थानियले ढुङ्गामुढा गरी पेट्रोल बम प्रहार गरेपछि झडप भएको थियो । झडपमा प्रहरीले लाठीचार्ज गर्दा ९ जना घाइते भएका छन् । बेलबिछवाका हुसेनी साह, नवल किशोर यादव, अशोक कुमार, उर्मिला देवी लगायत ९ जना घाइते भएका हुन् ।

झडप लगतै भारतीय सीमा क्षेत्रबाट नेपालतर्फ गोली चलेको छ । सशस्त्र प्रहरीको सीमा कार्यालयबाट झण्डै पाँच सय मिटर दक्षिणतर्फ रहेको भारतीय गाँउ मसहा, नवरतना र मुसाचकका स्थानियहरुले नेपाल तर्फ फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतीय पक्षले २५ राउण्ड गोली प्रहार भएको स्थानिय प्रहरीले बताएका छन् । प्रहरी र सशस्त्र प्रहरीको सीमा चौकीमा रहेका प्रहरीले भने घटनाबारे प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरिक्षकहरुलाई जानकारी गराएरका छन् ।

सीमा पारीबाट भएको गोली प्रहारबारे भारतीय समकक्षीसँग कुराकानी भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । ‘गोली चलेको सुरक्षाकर्मीहरुले जानकारी गराएका छन्’ भुजेलले भने-‘दशगजा क्षेत्रबाट नेपाल तर्फ गोली चलाउने को हुन् भन्नेबारे छानबिन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment