Comments Add Comment

सुवर्णशम्शेर क्रिकेट स्टेडियम निर्माण अघि बढ्यो

२८ चैत, काठमाडौँ । सबै क्षेत्रबाट क्रिकेट मैदानको अभाव महसुस गरिँदै गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १७ गाम्छामा सुवर्णशम्शेर स्मृति क्रिकेट स्टेडियम निर्माणको काम अघि बढाइएको छ ।

Subarna-Shamsher-Cricket-Stadiumअन्तर्राष्ट्रियस्तरको उक्त स्टेडियममा अहिले पर्खाल लगाउने काम भइरहेको सुवर्णशम्शेर अध्ययन प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर खड्काले जानकारी दिए । करिब ९५ रोपनी क्षेत्रफल रहेको उक्त रङ्गशालाको निर्माण कार्यलाई तीन चरणमा विभाजन गरी काम अघि बढाइएको अध्यक्ष खड्का बताउँछन् ।

पहिलो चरणमा पर्खाल बनाउने र मैदान सम्याउने, दोस्रो चरणमा कम्पाउन्ड वाल लगाउने र तेस्रो तथा अन्तिम चरणमा प्यारापिट तथा बाँकी काम पूरा गर्ने योजना छ । अहिले उक्त रङ्गशालाको निर्माणको काममा रु ५० लाख खर्चिने छ । पहिलो चरणको लागि रु ५६ देखि दुई करोडसम्मको खर्च लाग्ने खड्काको भनाइ छ ।

यसैगरी, काम सुरु गरेको करिब तीन वर्षभित्र कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानको स्वरुपमा ल्याउने र करिब सात वर्षभित्र रङ्गशाला पूर्णरुपमा निर्माण गर्ने योजना छ ।

अन्तर्राष्ट्रियस्तरको उक्त रङ्गशालामा करिब २२ देखि २५ हजार सीट क्षमताको प्यारापिटमा निर्माण हुनेछ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले यस रङ्गशालामा सरकारको विशेष चासो रहेको बताउँदै सरकारले यसमा लगानी गर्ने विश्वास दिलाएका छन् ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का उक्त रङ्गशाला निर्माणका लागि सम्बन्धित निकायले विशेष चासो देखाउनुपर्ने धारणा राख्नुहुन्छ । उनले क्रिकेट मैदानको अभाव भइरहेको बेला यस किसिमको रङ्गशाला निर्माणले खेलाडीको उत्पादनमा वृद्वि हुने विश्वास व्यक्त गरे ।

नेपाल सरकारअन्तर्गतको नेपाल सामुदायिक वनले उक्त निर्माणाधीन रङ्गशालाको जग्गामा प्रतिष्ठानलाई भोगाधिकार दिने निर्णय गत माघ १२ गते मन्त्रिपरिषद्को बैठकले गरेको थियो । नेपाली काँग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाको स्मृतिमा बन्न लागेको उक्त रङ्गशाला निर्माणका लागि करिब २५ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment