Comments Add Comment

एमाले नेता योगनारायण यादव ‘मोस्ट वान्टेड’ सूचीमा

३० चैत, काठमाडौं । एमाले पोलिटव्युरो सदस्य योगनारायण यादवलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजीकार्य अगाडि बढाएको छ । एमाले नेता यादवमाथि ज्यान मार्ने मुद्दा दायर गरिएको छ ।

गत ८ चैतमा धनुषाको सबैला नगरपालिकास्थित मदन-आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा दुईजनाको हत्या भएको थियो । सो घटनापछि फररा रहेका यादवलाई पक्राउ गर्न प्रहरीले विभिन्न स्थानमा छटापा मारेको राजधानीमा खबर छ ।

विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद हुँदा रामसेवक राउत गडेरीको हत्या गरेको र दर्जन व्यक्तिलाई घाइते बनाएको भन्दै यादवलाई प्रमुख अभियुक्त बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment