+
+

राजेशदेखि आर्यनसम्म, जसले गरे यो बर्ष बिहे

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १३:११

gharana-and-rahul७ वर्ष अगाडि बेलायती नागरिकसँग ईन्गेजमेन्ट गरेर पनि बिबाह नगरेकी नायिका एवं मोडल झरना बज्राचार्यको विषयमा कतिले पछिसम्म पनि टिप्पणी गरिरहे । ‘कतै त्यो सुटिङ त थिएन ।’

लगभग सुटिङकै शैलीमा उनको अर्को खबर सार्वजनिक भयो । झरनाको बिबाह । पूर्व मिस नेपाल समेत रहेकी झरनाले भारतीय मुलका मलेसियन नागरिक राहुल अग्रवालसँग बिबाह गरिन् । चलचित्र ‘सेप mल्याण्डिङ मा काम गर्दा उनीहरु एक अर्कासँग नजिकिएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा यो वर्ष पछिल्लो पटक बिबाह गर्ने जोडी यीनै हुन् । सम्बन्ध जोड्नेहरु भन्दा तोड्नेहरु बढ्दै गएको चलचित्र क्षेत्रमा यो वर्ष आधा दर्जनले आफ्ना जोडी बाँधेका छन् ।
sumina-and-rosan
पटक-पटक विवादमा आएकी नायिका सुमिना घिमिरेले पनि गएको फागुनमा बिबाह गरिन् । पेशाले पाइलट रोशन सापकोटासँग बिबाह गरेकी सुमिनाले प्रेमपछि बिबाह गरेको बताएकी छिन् । एउटा म्युजिक भिडियोको सुटिङको क्रममा उनीहरुको भेट भएको थियो ।

एक महिनाको अन्तरमा दुई नायकको बिहे
चकलेटी नायक आर्यन सिग्देलले बिबाह गरेको ठ्याक्कै एक वर्ष भयो । वर्ष ०७१ को प्रारम्भ (वैशाख)मै प्रेमिका सपना भण्डारीसँग बिबाह गरेका थिए उनले ।
aryan-and-sapana
तीन वर्षदेखि प्रेममा रहँदै आएका यो जोडीले अहिलेसम्म सुखी र सफल जोडीको दाबी गर्दै आएको छ । आर्यन बिहेपछि चलचित्र क्षेत्रमा झनै चम्किएका छन् ।
rajesh-hamal-bihe
आर्यनले बिहे गरेको एक महिनापछि जेठको दोश्रो साता नायक राजेश हमालले लगनगाँठो कसे । ५० वर्षका हमालले मोडल मधु भट्टराईसँग बिबाह गरेका हुन् । ७ वर्षको प्रेमपछि बिबाह गरेको हमालको भनाई छ । आफु भन्दा २० वर्ष कम उमेरकी युवतिसँग बिबाह गरेका हमाल अहिले खुसी छन् ।

हमालको बिहेले सर्वाधिक चर्चा पनि पायो । साथमा लामो समयदेखि ‘बिहे कहिले गर्नुहुन्छ’ भन्ने प्रश्नले पनि जवाफ पायो ।
richa-sing-bihe‘नाई नभन्नु ल’कि नायिका ऋचा सिंह ठकुरी सुटुक्क बिहे गर्ने नायिकाको रुपमा चिनिन्छिन् ।

अष्टे्रलियामा बस्दै आएका गजेन्द्र थापासँग असारको पहिलो साता बिहे गरेकी थिईन् उनले ।

फिचर चलचित्रको अतिरिक्त केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् उनले ।
diya-and-anup
रंगमञ्चमा विशेष दख्खल राख्ने निर्देशक अनुप बराल र नायिका दिया मास्केले पनि गएको असारको तेस्रो हप्ता बिबाह गरे । ६ वर्ष लामो प्रेमपछि बिबाह गरेका उनीहरु अहिले चलचित्र र रंगमञ्चमा सक्रिय छन् ।

महिना नपुग्दै शोक
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको बिबाह नेपाली चलचित्र उद्योगको अहिलेसम्मको अविस्मरणीय घटनाको रुपमा चिनिन्छ । श्वेतासँग बिबाह गरेको एक महिना नपुग्दै श्रीकृष्णको निधन भएको थियो ।
shreekrishna-and-sweta-in-bihe-party
‘कहाँ भेटिएला’ मा काम गर्ने क्रममा भेटिएका यी जोडीले पाँच वर्षको प्रेमपछि बिबाह गरेका थिए । बिबाह लगत्तै बिरामी भएका श्रीकृष्णको उपचारकै क्रममा निधन भएको थियो ।

मिथिलाको बिहे पनि चर्चामा
यो बर्ष बिहे गर्ने कलाकारको सूचीमा मिथिला शर्मा पनि पर्छिन् । मिथिलाले पूर्व आइजीपी मोतीलाल बोहरासँग यसै बर्ष बिहे गरिन् ।
Mithila-and-mitilal
मिथिलाले बोहरासँग गरेको बिहेले सर्वाधिक चर्चा पायो । कारण मिथिला बोहराकी दोश्री श्रीमती थिइन् । ७५ बर्षका मोतीलालसँग मिथिलाले उमेर ढल्कदै गएपछि बिहे गरेकी थिइन् ।
resh-and-aashmi
यो बर्ष नेपाली चलचित्र क्षेत्रमा कलाकारले  जोडी खोज्ने काम गरे । जसका कारण पनि उनीहरु बर्षैभरि चर्चामा रहे । बर्षको अन्त्यमा नायक रेश महरठ्ठाले पनि प्रेमिका आश्मी घिमिरेसँग इन्गेजमेन्ट गरे । उनले अर्को बर्ष बिहे गर्ने बताएका छन् । यो बर्ष नेपाली चलचित्र क्षेत्रलाई ‘बिहेको बर्ष’को रुपमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?