Comments Add Comment

नेपाली राजनीतिका शिखर व्यक्तित्वको अवसान भयो : कमल थापा

३ बैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री तथा राप्रपाका बरिष्ठ नेता सूर्यबहादुर थापाको निधनले नेपाली राजनीतिको एक शिखर व्यक्तित्वको अवसान भएको बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सूर्यबहादुर थापा समकालिन नेपालको अग्रज राजनीतिज्ञ र प्रजातन्त्रवादी नेता रहेको कमल थापाको भनाइ छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्-‘उहाँको दुःख निधनबाट म, मेरो परिवार तथा राप्रपा नेपाल अन्यन्त मर्माहत भएका छौं । देश जटिल संक्रमणको स्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा उहाँको निधन अपुरणिय राष्ट्रिय क्षति हो ।’

स्वगीय थापा कुशल प्रशासक, दूरदृष्टि भएका नेता तथा बहुआयामिक व्यक्तित्वका धनी रहेको भन्दै राप्रपा नेपाल अध्यक्ष थापाले सूर्यबहादुरमा परिस्तितिको सटिक विश्लेषण गर्ने, समयलाई ठीक ढंगबाट पहिचान गर्नसक्ने क्षमताका धनी रहेको बताएका छन् ।

स्वर्गीय थापाले राष्ट्रका लागि पुर्‍याएको योगदानको सँधै मूल्यांकन गर्ने भन्दै कमल थापाले उहाँलाई एक उदार प्रजातन्त्रवादी नेताको रुपमा देशले सँधै सम्भिmरहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment