Comments Add Comment

देवघाटलाई धार्मिक पर्यटन सहर बनाइने

devghat३ वैशाख, चितवन । पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटन सहरका रुपमा विकास गरिने भएको छ । अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले धार्मिक पर्यटन सहरका रुपमा विकास गर्न लागिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका सदस्य टङ्कनाथ पौडेलले हिन्दू धर्मावलम्बीहरुको खानपिन, बसोवास, धर्मकर्म लगायतलाई सजिव चित्रण हुनेगरी योजना वनाइएको बताए ।

‘समितिले गुरुयोजना निर्माण गर्न सहरी विकास तथा गरिबी निवारण मन्त्रालयमा अनुरोध गरेको छ ।’ उनले भभने ।

०६६ सालमा देवघाटधामको समग्र २१ वर्षे गुरुयोजना निर्माण गरिएको थियो । गुरुयोजना कार्यान्वयन समितिका तत्कालिन संयोजकसमेत रहनुभएका पौडेलले रु एक अर्ब २२ करोड लागतको योजना बजेट निकासा नभएपछि अघि बढ्न नसकेको बताए ।

‘गुरुयोजना सम्पन्न गर्न वार्षिक रुपमा रु १४ करोड आवश्यक पर्छ तर विगतका वर्षमा रु ५० लाखदेखि रु एक करोडभन्दा बढी निकासा भएन ।’ उनले भने ।

देवघाट क्षेत्रमा चौडा बाटो, यथेष्ट खानेपानी, झोलुङे पुल, स्नानस्थल, सिंढी मार्ग, शव दाहस्थल, किरयापुत्री भवन, धर्मशाला, शौचालय मठमन्दिरको संरक्षण सम्वद्र्धनलगायतका काम सम्पन्न गरिनेछ ।

धार्मिक पर्यटन सहर हँुदै गर्दा एकैखालका घर निर्माण गरिनेछ भने पूजापाठदेखि खानपानसम्मका सबै कार्य हिन्दू धर्मअनुसार व्यवस्थित गरिने विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले बताए ।

‘सरकार र निजी क्षेत्रबाट निवृत्त उच्च पदस्थ अधिकारीका लागि अध्ययन अनुसन्धान र लेखनका लागि व्यवस्थित स्थलको समेत निर्माण गरिनेछ’ उनले भने ।

देवघाट तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थल हो । यहाँ ठूलो सङ्यामा स्वदेशी र विदेशी पर्यटन आउने गर्दछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment