नेपाली चलचित्रकी चर्चित नायिका गरिमा पन्त अहिले एक गैरआवासीय नेपाली युवासँगको प्रेममा चुर्लुम्म डुबेकी छिन् ।
अनलाइनखबरसँगको कुराकानीमा केही महिना अगाडी पन्तले आफु प्रेममा रहेको संकेत गरेकी थिइन् । प्रेम प्रसङ्गबारे खुलाउन इन्कार गरेकी गरिमा करिव दुई बर्षदेखि ती युवासँगको अफयेयरमा रहेको पाइएको छ ।
बेल्जियममा बस्दै आएका हरि शर्मा थपलियासँग गरिमा अफयेयरमा छिन् । उनीहरु निकट सूत्रका अनुसार दुवैजना आफ्नो सम्बन्धबारे निकै गम्भिर छन् र छिटै बिबाह गर्ने योजनामा छन् ।
झण्डै दुई बर्षअघि युरोपका विभिन्न देशमा आयोजना भएका सांस्कृतिक कार्यक्रममा भाग लिने क्रममा गरिमा बेल्जियम पुगेकी थिइन् । उनको साथमा नायिका नन्दिता केसी र गायिका रिमा गुरुङ होडा पनि थिए । सोहीक्रममा गरिमा र हरिवीच भेट भएको र केही समयमै उनीहरुको सम्बन्ध झांगिन थालेको बताइएको छ ।

बेल्जियममा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका हरि विवाहित पुरुष हुन् । उनको एक चाइनिज श्रीमति थिइन् । तर, हरिको जीवनमा गरिमाको प्रवेशसँगै उनीहरुको दाम्पत्य जीवनमा पनि फाटो आयो । अहिले हरिले आफ्नी चिनियाँ श्रीमतीसँग पारपाचुके गरिसकेका छन् ।
त्यसयता हरि पटक-पटक गरिमालाई भेट्न नेपाल आइसकेका छन् । उनीहरुवीचको सम्बन्ध निकै गहिरो बन्दै गएको र हरिले गरिमासँगै घरजम गर्ने योजना बनाएको हरिका निकट साथीहरुले बताएका छन् ।
नायिका गरिमा पन्त पनि हरिसँग बिहे गर्नका लागि तयार भएको श्रोत बताउँछ । फेसबुकमा गरिमा र हरि साथी छन् । हरिले गत डिसेम्बर १४ तारिखमै फेसबुकमा एउटा प्रोफाइल तस्वीर अपलोड गरेका छन् जहाँ एउटी युवती पनि देखिन्छिन् । तर, युवती पछाडी फर्किएकी छिन् र अनुहार देखिदैन । यी युवतीको जिउडालबाट उनी गरिमा पन्त नै हुन् भनेर चिन्न खासै गाह्रो पर्दैन । यो तस्वीरलाई स्वयं गरिमाले समेत लाइक गरेकी छिन् ।
तस्वीर अपलोड भएपछि बेल्जियमबासी एनआरएन र हरिका साथीहरुले उनलाई बधाईं दिँदै ‘भाउजु’ को अनुहार कहिले अगाडीबाट देखाउने हो भन्दै सोधेका छन् ।
प्रतिक्रिया 4