+
+

होटलमा यौन शोषण भएको भन्दै नायिकाले प्रहरी गुहारिन

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ४ गते १०:१४

pooja-mishraमुम्बई । बिगबोस सीजन पाँचकी सहभागी एवं टेलिभिजन कलाकार पूजा मिश्रले आफुमाथी यौन शोषण भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

फतहसागरको किनारामा बनेको होटल र्‍याडीसन ब्लु मा बास बसेको बेला आफुमाथी यौन शोषण भएको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छिन् ।

उनको भनाई अनुसार पेय पदार्थमा कसैले नशालु पदार्थ मिसाएर खुवाएपछि गडबडी भएको थियो । साथै आफ्नो केही सामान चोरि भएको समेत उल्लेख गरेकी छिन् ।

प्रहरी अधिकारीले भने पूजाको भनाई नै विवादास्पद भएको बताएको छ । होटलको सिसिटीभी फुटेजमा केही नदेखिएको बताइएको छ ।

एउटा क्यालेण्डरको सुटिङका लागि भारतको उदयपुर पुगेकी पूजा सोही क्रममा र्‍याडीसन ब्लुमा बसेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?