Comments Add Comment

मधेसमा नमिसिने झापा, मोरङ, सुनसरीका स्थानीय नेताको भनाइ

६ बैशाख, झापा । नेपाली कांग्रेस, एमाले तथा एमाओवादीका स्थानीय नेताले राज्य पुनर्संरचना गर्दा पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लालाई मधेसमा नगाभी छुट्टै राज्य बनाउनुपर्ने वा हिमाल/पहाडसँग गा नुपर्ने बताएका छन्। यी तीन जिल्लासहित सुदूर पश्चिमका कैलाली र कञ्चनपुर कता रा ने भन्ने विवादले राज्य पुनर्संरचना पेचिलो बनेको छ।

कांग्रेस झापा सभापति उद्धव थापाले यी तीन जिल्ला मिलाएर छुट्टै राज्य बनाउनुपर्ने बताए। झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने सर्वसाधारणको जीवन र पहिचान मधेससँग मेल नखाने तर्क गर्दै उनले छुट्टै राज्य बनाउनुपर्नेमा जोड दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।थापाले भने, ‘छुट्टै राज्य बनाउन सहमति हुन सक्दैन भने हिमाल र पहाडसँग जोड्नुपर्छ।’

उनका अनुसार यसो हुन नसके यी जिल्लालाई केन्द्र शासित प्रदेश बनाउनुपर्छ, त्यो पनि केही समयका लागि। थापाले भने, ‘सहमति नभए केही समयका लागि संघमा गाभ्नु हुँदैन झापा, मोरङ र सुनसरीलाई।’

एमाले झापा अध्यक्ष चिन्तन पाठकका अनुसार पनि यी तीन जिल्ला मधेस प्रदेशमा गाभ्नु उपयुक्त हुँदैन। उनले झापा, मोरङ र सुनसरीलाई हिमाल र पहाडसँग जोडेरमात्र प्रदेश बनाउनुपर्ने बताए। उनले भने, ‘कुनै पनि हालतमा यी तीन जिल्लालाई छुट्टै राज्य बनाउन अथवा मधेसमा गाभ्न मिल्दैन।’

यी जिल्लाका बासिन्दाको जीवनशैली र व्यापार-व्यवसायको नाता पहाड र हिमालसँग बढी मिल्ने भएकाले प्रदेश निर्माण पनि सोहीअनुरूप हुनुपर्ने उनको बुझाइ छ।

आन्दोलनरत ३० दलीय मोर्चाको नेतृत्व गरिरहेको एमाओवादीका स्थानीय नेताको मत पनि लगभग कांग्रेसका नेतासँग मिल्दोजुल्दो छ। उनीहरूपनि यी जिल्ला मधेसमा गाभ्न नमिल्ने तर्क गर्छन्।

एमाओवादी झापा अध्यक्ष धर्मशिला चापागाईंका अनुसार यी जिल्लामा कोचहरूको इतिहास रहेकाले उनीहरूकै पहिचान झल्किने गरी नामकरण गरी बेग्लै प्रदेश बनाउनुपर्छ।

उनले भनिन्, ‘झापा, मोरङ र सुनसरीलाई मधेसमा गाभ्यो भने कोचहरूको इतिहास नै सकिन्छ, पहाडमा पनि मिसाउन मिल्दैन।’

३० दलीय मोर्चाकै अन्य घटकका स्थानीय नेताकार्यकर्ताको मत एमाओवादी नेतासँग मेल खाँदैन। संघीय समाजवादी पार्टीका नेताहरू यी जिल्लालाई हिमाली तथा पहाडी भूभागको लिम्बुवान प्रदेशमा गाभ्नुपर्ने जोड दिन्छन्। पार्टीका झापा अध्यक्ष धीरेन लावतीले भने, ‘यी जिल्लालाई मधेसमा गाभ्न मिल्दै मिल्दैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment