Comments Add Comment

एनसेलको प्रिपेडबाट अब उपहार पठाउन सकिने

६ वैशाख, काठमाडौं । एनसेलले नयाँ वर्षको अवसरमा आफ्ना पि्रपेड ग्राहकका लागि एनसेल कोसेली नामक नयाँ सेवा ल्याएको छ ।

नयाँ सेवामार्फत अब एनसेलका प्रिपेड ग्राहकले आफ्ना प्रियजन तथा साथीभाईलाई एनसेलको कुनै पनि नम्बरमा कल गर्न मिल्ने टक Ncell-Towerटाईम र डेटा प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।

एनसेल कोसेली यही वैशाख ५ बाट लागु हुने कम्पनीले जनाएको छ । यो सेवामा एनसेलका प्रिपेड ग्राहकले अर्को प्रिपेड प्रयोगकर्तालाई २० मिनेटको अन नेट टक टाइम, ४० एमबी डेटा र ५०० एमबी डेटा उपहार स्वरुप पठाउन सक्नेछन् ।

२० मिनेट टक टाइम उपहारको शुल्क कर सहित ४९ रुपैयाँ ४७ पैसा लाग्नेछ । साथै ४० एमबी डेटा उपहारको शुल्क कर सहित १११ रुपैयाँ ८७ पैसा र ५०० एमबी डेटा उपहारको ४५० रुपैयाँ ८७ पैसा लाग्नेछ ।

उपहार स्वरुप प्राप्त टक टाइम एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको प्रयोगका लागि कुनै समयासिमा छैन । डेटा उपहार ३० दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

ग्राहकले एनसेल कोसेलीेेको सुविधा निःशुल्क प्रयोग गर्न सक्छन् । उपहार वापतको शुल्क भने उपहार पठाउने ग्राहकको ब्यालेन्सबाट काटिनेछ ।

ग्राहकले १७१११ डायल गरी निर्देशन अनुसार आफुले चाहेको उपहार छान्न र पि्रयजनलाई सजीलै उपहार गर्न सक्छन् । विभिन्न नम्बरमा जति पटक पनि उपहार पठाउन सकिनेछ । एउटै नम्बरले भने टक टाइमको उपहार दिनमा अधिकतम २० पटकसम्म र डेटा उपहार दुई दिनमा अधिकतम २० पटकसम्म पाउन सक्नेछन् ।

‘एनसेल कोसेलीले हाम्रा पि्रपेड ग्राहकलाई आफ्ना पि्रयजनसँग उपहार आदान प्रदान गर्दै थप सम्पर्कमा रहन सहज बनाएको छ’ एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने- ‘यसले नयाँ वर्षका हरेक दिन खुशियालीले भरिपूर्ण बनाउन मद्दत गर्ने विश्वास लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment