Comments Add Comment

५५ वर्षपछि हुम्लामा देखियो जंगली चौरी

Yak

८ बैशाख, काठमाडौं । ५५ वर्षअघि नै लोप भएको मानिएको संसारकै दुर्लभ वन्यजन्तु जंगली चौरीगाई हुम्लाको लिमी गाविसमा फेला परेको छ ।

विश्वकै दुर्लभ प्रजातिमा रहेको जंगली चौंरीगाई प्रकृतिका साथीहरु नामक संस्थाका युवा अनुसन्धानकर्ताले दुई वर्ष नियभित अध्ययनपछि फेला पारेको नागरिक, राजधानीलगायतका दैनिक पत्रिकामा खबर छ ।

संस्थाका निर्देशक तथा अनुसन्धान प्रमुख राजु आचार्यले लिमीमा पहिलोपटक फेला परेको चौंरीगाईसहित अन्य दुर्लभ वन्यजन्तुको तस्बिर र वृत्तचित्र सोमबार एक कार्यक्रम सार्वजनिक गरे ।

‘म व्यक्तिगत रुपमा १४ वर्षदेखि यसको खोजीमा थिएँ । हाम्रो टोली दुर्इ वर्षदेखि यसमा अनुसन्धान गरिरहेको थियो’, टोली प्रमुख आचार्यले भने,‘हामीले चौरीगाईको पहिलो तस्बिर ०७१ जेठ ३१ गते खिचेका हौं ।’

तस्बिर लिइएको जनावर जंगली चौरीगाई हो-होइन पुष्टि गर्न ९ महिना लागेको आचार्यले जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्टिय अनुसन्धानबाट पुष्टि गर्न यति समय लागेको उनले बताए । उनका अनुसार यसअघि मुस्ताङका एक स्थानीयको घरमा जंगली चौरीको सिंग भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment