Comments Add Comment

क्यारेबियन मुलुक ग्रेनाडामा ७ नेपाली बिद्यार्थी पक्राउ

Grenada-map

१० बैशाख, काठमाण्डौ । क्रुज म्यानेजमेन्टसम्बन्धी अध्ययन गर्न भन्दै क्यारेवियन मुलुक सेन्ट लुसिया पुगेका सात जना नेपाली छिमेकी मुलुक ग्रेनाडामा पक्राउ परेका छन् ।

सेन्ट लुसियाबाट अघिल्लो शुक्रबार बेपत्ता भएका उनीहरुलाई बुधबार ग्रेनाडा पुग्नासाथ प्रहरीले पक्राउ गरेको थियो । उनीहरु डुंगा चढेर ग्रेनाडा प्रवेश गर्न खोजेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

पक्राउ पर्नेमा दीपक सापकोटा (२२), चन्द्रबहादुर थापा (२२), अंकित ढकाल (१८), प्रदीप अधिकारी (२३), दीपक भुजेल (२०), अर्जुन शर्मा काफ्ले (३२) र नमुकला तिवारी (२०) रहेको जमाइका अब्जभर अनलाइनले जनाएको छ ।

पक्राउ परेका नेपाली
पक्राउ परेका नेपाली

उनीहरुले प्रतिब्यक्ति २० लाख रुपैयाँसम्म तिरेर सेन्ट लुसिया एकेडमीमा पानी जहाज ब्यबस्थापनसम्बन्धी कोर्स पढ्न त्यहाँ पुगेका थिए । मानव तस्करहरुले उनीहरुलाई एक बर्षमा क्रेडिट ट्रान्सफर गरी अमेरिका पठाइदिने आश्वासन दिएर पैसा लिएका थिए । तर, सेन्ट लुसिया पुगेपछि दलालले बिद्यार्थीलाई अलपत्र छाडेर भागेपछि उनीहरु ठगिएको पत्तो पाएका थिए ।

सेन्ट लुसिया सरकारले ‘लिमबर्ड एकेमडी काण्ड’ नामले परिचित यो घटनामा करिव ७० जना नेपाली बिद्यार्थी पीडित बनेको बताइएको छ ।  सेन्ट लुसिया सरकारले यो घटनाको छानविन गर्न आदेश दिएको छ । ठगी र मानव तस्करीमा संलग्न रहेको भन्दै तीन भारतीयसहित चार जनलाई पक्राउ गरी मुद्दा चलाएको छ । यो काण्डमा सेन्ट लुसियाकै पूर्व मन्त्रीको संलग्नता रहेको संचारमाध्यमहरुले जनाएका छन् ।

यही काण्डमा ठगिएका अन्य केही नेपाली बिद्यार्थी यसअघि अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम)को सहयोगमा स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment