Comments Add Comment

ओलीले भने-नयाँ संविधानमा धर्म निरपेक्ष शब्द रहने छैन

१२ वैशाख, काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा धर्म निरपेक्ष शव्द नरहने दावी गरेका छन् । योग गुरु स्वामी रामदेवको उपस्थितीमा चलिरहेको योग शिविरको दोस्रो दिन प्रमुख अतिथीका रुपमा उपस्थित ओलीले विगतमा सेक्युलर शव्दको अनुवाद गर्दा भूलवश धर्म निरपेक्ष शब्द रहन गएको बताए ।
KP-OLI

  • फाइल तस्वीर

ओलीले भने-‘नेपाललाई धर्म निरपेक्ष वा कुनै एक धर्म सापेक्ष मुलुक होइन सर्व धर्म सापेक्ष मुलुकका रुपमा स्थापित गर्न चाहान्छौं । विगतमा अनुवाद गर्दा गल्तिले धर्म निरपेक्ष शब्द रहन गयो, नयाँ संविधानमा सच्याउँछौं ।’

ओली संविधानमा हिन्दू राज्य राख्ने कुरा भने गरेनन् । उनले भने- ‘अब जारी हुने संविधानमा सबै धर्म, संस्कृति, परम्परा र आस्थाप्रति समभाव रहने उल्लेख गरिने छ । कुनै धर्मलाई बढावा वा कुनैलाई हेलाहोचे गरिने छैन ।’

योग गुरु रामदेवले नेपाललाई आध्यात्मिक राष्ट्र घोषणा गर्नु उचित हुने सुझाव दिएपछि शिविरका प्रमुख अतिथी ओलीले धर्म निरपेक्ष भन्ने शब्द नराखिने बताएका हुन् ।

रामदेवले नेपालले भारतको भन्दा पनि उत्कृष्ट संविधान पाओस भन्दै सबै जनताका धर्म र आस्थाको सम्मान गर्ने नेपालका नेताहरुको प्रतिबद्धतता सह्राहनीय रहेको बताए ।

सो समारोहमा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वीय दर्शन विश्वकै उत्कृत भन्दै रामदेवले यसको प्रचारका लागि गरेको योगदानको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment