Comments Add Comment

विनाशकारी भूकम्पले सागरमाथा आधार शिविरमा ठूलो क्षति

Everest-basecamp

१२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पले सर्वोच्च शिखर सगरमाथामा पनि ठूलो क्षति पुर्‍याएको छ । सागरमाथा आरोहणका लागि बसेक्याम्पमा परेका मानिसहरु हताहत भएका छन् ।

बेलायती सञ्चार माध्यमहरुले आरोहीहरुलाई उदृत गर्दै अहिलेसम्म १८ जनाको मृत्यु भएको र ३० जना घाइते रहेको बताएका छन् । तर, सरकारले यसको पुष्टि गरेको छैन ।

भूकम्पले बसक्याम्पलाई नराम्ररी प्रभावित गरेको आधार शिविरमा आरोही ड्यानिअल मजुरले ट्वीट गरेका छन् । ‘सगरमाथामा ठूलो भूकम्पको धक्का आएको छ । बसेक्याम्पमा ठूला क्षति भएको छ’ उनले ट्वीट गरेका छन्-‘कृपया हाम्रा लागि प्राथना गरिदिनुस् ।’

लगतै उनले लगतै अर्को भूकम्प आएको भन्दै त्यसले आइफल रुट ध्वस्त भएको समेत बताएका छन् ।

Everest-basecamp-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment