Comments Add Comment

भूकम्प पिडीतका लागि एनआरएनले थाल्यो रकम संकलन अभियान, घले दम्पत्तिले दिए दुई करोड

nrna_logo_latest
काठमाण्डौ । शनिवार नेपालका बिभिन्न भागमा आएको बिनासकारी भूकम्पबाट पिडीत नेपाली दाजुभाईको सहयोगका लागि गैरआवासीय नेपाली संघले बिश्वब्यापी सहयोग संकलन अभियान चलाउने भएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा केन्द्रीय सचिवालयको शनिवार नै बसेको आकस्मिक बैठकले नेपालमाथि आइलागेको यो बिपत्तिमा साथ दिन सम्पूर्ण साधन, स्रोत र शक्ति परिचालन गरी राहत तथा उद्दार प्रकृयामा सहभागी हुने निर्णय गरेको छ ।
भूकम्प पिडीत नेपालीहरुलाई आपतकालिन सहयोग गर्ने उदेश्यले एनआरएनले शनिबारदेखि नै रकम संकलन अभियान सुरु गरेको छ भने राहतका लागि स्वयंसेवका रुपमा समेत परिचालित हुने छ ।
वैठकमा अध्यक्ष घलेले नेपालको अहिलेको आपतकालिन अबस्थाको गम्भिरतालाई बुझ्दै आफ्नो तर्फबाट एक करोड रुपैयाँ र आफ्नी धर्मपत्नी जमुना गुरुङको तर्फबाट एक करोड रुपैयाँ गरी कुल दुई करोड रुपैयाँ भूकम्पपिडीतका लागि सहयोग गर्ने घोषणा गर्नुभयो ।
यसैगरी उपाध्यक्ष भवन भट्टले एक करोड रुपैयाँ र महासचिव कुमार पन्तले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
वैठकले अध्यक्ष शेष घलेको संयोजकत्वमा भूकम्पपिडीत राहत सहयोग समिति निर्माण गरेको छ । जसमा गैरआवासीय नेपाली संघका सवै राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा सवै अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य रहनेगरी तीन सय सदस्यीय समिति गठन गरिएको छ ।
वैठकले सवै राष्ट्रिय समन्वय परिषद्लाई एकीकृत राहत संकलन अभियानमा सहभागी हुन निर्देशन दिएको छ । संकलित रकम सरकारी कोषमा दाखिल नगरी बिभिन्न संस्थाहरुसंगको समन्वयमा सिधै पिडीतसमक्ष पुग्ने ब्यबस्था गरिने जनाइएको छ । संकलित रहकको एक-एक पैसा सदुपयोग गरी वास्तविक पिडीतसमक्ष पुर्‍याउने एनआरएनले प्रतिबद्धता जनाएको छ ।
‘म संसारभर फैलिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली साथीहरुलाई मातृभूमीको यो दुःख र बिपद्को अबस्थालाई गहिरोगरी आत्मसात गर्न र सहयोगका लागि अग्रसर रहन हार्दिक अनुरोध गर्दछु’ अध्यक्ष घलेले भन्नुभएको छ ।
साथै अध्यक्ष घलेले अन्तराष्ट्रिय सहायत संस्थाहरुलाई पनि सहयोगका अग्रसर रहन हार्दिक अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment